म्याग्दी । नेपाल प्रेस युनियन स्थापना दिवसको अवसरमा म्याग्दी शाखाले म्याग्दी बालगृहलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम र नेपाल प्रेस युनियन म्याग्दीका अध्यक्ष राकेश शर्माले बाल संगठन म्याग्दीका सचिव सन्दीप खत्रीलाई हस्तान्तरण गरेका हुन् । बाल गृह बाल संगठन म्याग्दीले सञ्चालन गरेको हो ।
युनियनको ३१ औं स्थापना दिवसको अवसरमा म्याग्दी शाखाले कोरोना संक्रमणको जोखिम कम गर्न साबुन, सेनिटाइजर, प्रोटिन, मास्कलगायत १५ हजार रुपैयाँँ बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको नेपाल प्रेस युनियन म्याग्दीका सचिव साधन राम्जालीले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष गौतम र बालसंगठन म्याग्दीका सचिव खत्रीले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै स्वास्थ्य सामग्री सहयोगप्रति धन्यवाद व्यक्त गरे । प्रेस युनियन म्याग्दीका अध्यक्ष राकेश शर्माले स्थापना दिवसका अवसरमा कोरोना कहरमा अनाथ बालबालिकालाई संक्रमण जोखिम कम होस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री सहयोग गरिएको बताए ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
दलित पत्रकार संघ गण्डकीमा पूर्ण
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१