पोखरा महानगरपालिकाः ४८ महिना ४८ काम

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७८
mahanagar

१) चार वर्षको अवधिमा वडा तथा महानगरपालिका स्तरका २ सय ६८ सडक ढलान योजना, ८ सय २१ सडक कालोपत्रे एवं मर्मतका योजना, २ सय ९१ सडक ग्राभेल तथा स्तरोन्नतिका योजना र ४१ वटा नयाँ ट्र्याकका योजना सम्पन्न भएका छन् । जस अनुसार अहिलेसम्म २ सय ३१ किमी सडक ग्राभेल, १३७ किमी सडक कालोपत्रे, ८३ किमी साना तथा मझौला सडक ढलान, ३७ किमी सडक मर्मत एवं स्तर उन्नति कार्य सम्पन्न भएको छ । मुख्य सहरी सडकहरुको स्तरोन्नति गर्ने क्रममा पोखरा महानगरपालिका, सडक विभाग र प्रदेश सरकारको सहकार्यमा ४० करोड लागतमा २२ किमी सडक अस्फाल्ट कंक्रिट गर्ने काम धमाधम भइरहेको छ । विजयपुर बेगनास सडक खण्डमा १४ किमी सडक अस्फाल्ट हुने गरी निर्माण भइरहेको छ । मेयर नमुना सडक निर्माण अन्तर्गत पोखरा वडा नम्बर १७ को बिरौटादेखि तीनकुनेसम्म (आरटिओ) सडक, वडा नम्बर १० को राममार्ग सडक निर्माण भएको छ ।

२) योजना तर्जुमा गर्दा बजेटले कार्यक्रम माग्नेभन्दा कार्यक्रमले बजेटको माग गर्नेे परिपाटी बसाउन प्रस्तावित योजनाको लागत स्टिमेट गरी सो आधारमा योजना तथा बजेट प्रस्ताव गर्ने पद्धतिको थालनी गरियो । यसलाई सहयोग पुग्ने गरी ३ वर्षीय महानगर विकास कार्य योजना तयार गरिएको छ । हरेक वडाहरुमा इन्जिनियर एवं जुनियर इन्जिनियरहरु व्यवस्थापन गरी योजना, घरनक्सा, राजश्व तथा वडा स्तरीय योजनाको भुक्तानी वडाबाट हुने गरी लेखा सञ्चालन गरिएको छ । साविकमा कायम भएको मापदण्डलाई विज्ञ सम्मिलित समितिहरु बनाएर समितिको सिफारिस बमोजिम समयानुकुल मापदण्ड कायम गरिएको छ ।

३) नदी तथा खोलाक्षेत्रको जमीन कटान, पहिरो नियन्त्रण लगायतको २७ योजना सञ्चालन (सुइखेत खोला नदी कटान, सेती खोला, काली खोला लगायत नदी नियन्त्रण) का योजना सम्पन्न भएका छन ।

४) वडा नं. २, ७, ११, १२, १९, २२, २८, २९, ३०, ३२ मा नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ भने केही निर्माण कार्य सम्पन्न हुने चरणमा रहेको छ । वडा नं. ३, ४, ५ ,९, १०, १३, १५, १६, २४ र ३३ को भवन मर्मत गरिएको छ भने वडा नं. ८, २०, १८, २७, १४ र ३१ मा नयाँ कार्यालय बन्ने गरी प्रक्रिया अगाडि बढाइएको छ । भवनहरुको निर्माण सकिएपछि नागरिकहरुले वडा स्तरबाटै सहज रुपमा सेवा पाउने छन् भन्ने विश्वास छ ।

५) ६५ वटा आमा समूहका भवन निर्माण एंव मर्मत सहयोग, २४ स्थानमा दाह संस्कार स्थल तथा घाट निर्माण गरिएको छ भने १ सय ४ वटा सामुदायिक भवन निर्माण तथा मर्मतका लागि सहयोग गरिएको छ । संघ सरकारको सहयोगमा पोखरा १० मा विद्यतीय शवदाह गृह निर्माणको काम अगाडि बढेको छ ।

६) विगत लामो समयदेखि समस्याको रुपमा रहेको पालिखेचोक क्षेत्रलाई फराकिलो पारी सौन्दर्यकरण गरिएको छ । पृथ्वीचोक, अमरसिंहचोक, जिरो किमी, बिरौटाचोक, हरिचोक र मुस्ताङचोकका आइल्यान्डलाई घटाई ट्राफिक व्यवस्थापनलाई चुस्त र सुन्दर बनाइएको छ ।

७) सराङकोटमा जग्गा व्यवस्थापन गरी राष्ट्रिय विभूति तथा सहिद पार्क निर्माण गरिएको छ । १७ ठाउँमा खुला क्षेत्र संरक्षण तथा पार्क निर्माणको अवधारणासँगै खुला व्यायामशाला पार्क, ड्यामसाइडमा माछापुच्छ«े प्रतिबिम्ब पार्क, वडा नं. ३० मा विकल्प पार्क, जनता पार्क, वडा नं. २९ मा लेखनाथ भ्यु पार्क, भण्डारढिक व्यायामशाला पार्क, वडा नं. ५ मा चिल्ड्रेन बाटिका, लगायत ९१ ठाउँमा सानाठूला पार्क तथा खेल मैदान निर्माण कार्य सम्पन्न भएको छ । एक वडा एक खेल मैदान अन्तर्गत २९ स्थानमा ब्याडमिन्टन र भलिबल कोर्ट निर्माण गर्नुका साथै पोखरा २० मौजामा हाइअल्टिच्युड खेल मैदान, वडा नं. १३ मा सेभेन ए साइड फुटबल मैदान निर्माणको काम अगाडि बढेको छ ।

८) फेवातालको दीर्घकालीन संरक्षणका लागि जलाधार क्षेत्रबाट बगेर आउने मुख्य ५ वटा खोलामा प्रदेश सरकारसँगको सहकार्यमा सिल्टेसन ड्याम निर्माण गरिएको (२८ करोड लागतमा) छ । गाइघाट, बंगालामुखी र खपौंदीमा खहरे खोलाले बगाएर ल्याएको माटोजन्य पदार्थ निकालेर तालको आकार बढाइएको छ ।

९) फेवातालसँगै वेगनासताल, रुपाताल, खास्टेताल, न्युरेनी, मैदी, दीपाङ, गुँदे तालको सिमांकन गर्नुका साथै तालहरुको विशेषता अनुसार सौन्र्दयकरण र दीर्घकालीन संरक्षणको योजना तयार पारिएको छ । साथै फेवाताल संरक्षणको योजनासहित अध्ययन प्रतिवेदन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको छ । सोही आधारमा फेवाताल संरक्षणको थप काम अघि बढेको छ । लामो समयदेखि बिना सीमांकन रोक्का राखिएका जग्गाहरु फुकुवा गर्न पहल सुरु भएको छ ।

१०) भौतिक पूर्वाधारमा थप गुणस्तरीयता कायम गर्न सडक विज्ञको रुपमा छुट्टै इन्जिनियर व्यवस्था गर्नुका साथै निर्माण सामग्रीको गुणस्तर कायम गर्नका लागि नयाँ बजारमा निर्माण सामग्री गुणस्तर मापन प्रयोगशाला स्थापना र सञ्चालन गरिएको छ ।

११) योजना तथा नीति निर्माणका कामहरुलाई पारदर्शी ढंगबाट सञ्चालन गर्नका लागि सहरी योजना आयोग गठन गरिएको छ । पोखरालाई खेलकुदको सहर बनाउने अभिप्रायका साथ महानगर खेलकुद विकास समिति गठन, पोखरा क्षेत्रको प्राज्ञिक उन्नयनका लागि पोखरा प्रज्ञा प्रतिष्ठान स्थापना र युवाहरुलाई स्व–उद्यमशील बनाउनका लागि महानगर युवा परिषद् गठन गरी काम अघि बढेको छ ।

पोखरा महानगर पूर्वाधार विकास मात्र होइन, शिक्षा, स्वास्थ्य, संस्कृति, खेलकुद लगायत क्षेत्रको विकासका लागि क्रियाशील छ

१२) साँघुरो भवनबाट काम चलाउनुपर्ने, ठाउँठाउँमा कार्यालय चहार्दा नागरिकलाई परेको सास्ती निराकरण गर्न तथा एकीकृत सेवा दिनका लागि महानगरपालिकाका महाशाखाहरु एकै ठाउँमा राख्ने गरी पोखरा ८ को पुरानो दमकलको जग्गामा नयाँ भवन निर्माणको प्रक्रिया सुरु भएको छ । यसका लागि २२ करोड लागतमा बोलपत्र समेत आह्वान भइसकेको छ । साथै पोखरा १२ माटेपानीमा महानगरको प्रशासकीय भवन निर्माण गर्न जग्गा प्राप्ति प्रक्रिया सकिएर निर्माणका लागि डिपिआर अघि बढेको छ ।

१३) ‘हामी बनाउँछौं, हाम्रो महानगर’ कार्यक्रम सञ्चालन गरी भित्री तथा साना सडक र खानेपानी आयोजना निर्माणको काम अगाडि बढाइएको छ । स्थानीय उपभोक्तासँगको ५० प्रतिशत साझेदारीमा सञ्चालित कार्यक्रमबाट स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै धुले सडक विस्थापनमा सहयोग पुगेको छ ।

१४) महानगरपालिकाको कार्यालयबाट सबै वडाहरुको केन्द्रसम्म जोड्ने २७ वटा पहुँच मार्ग (कनेक्टिङ) निर्माण धमाधम भइरहेको छ । प्राथमिकताका आधारमा पहिलो चरणको काम पूरा भैसकेको छ भने दोस्रो चरणको कार्य चलिरहेको छ । यसले विकटमा रहेका वडाहरु निकट आउने विश्वास छ । खासगरी सडक चक्ल्याउने, नाली र कल्र्भट निर्माण, ग्राभेलिङ तथा कालोपत्रे गर्ने काम यो आयोजनाबाट भइरहेको छ ।

विवरण

१५) ४३ वर्षदेखि बाटो चक्लाबन्दी गर्न नसकिएको पृथ्वी राजमार्गदेखि विजयपुर ब्यारेक सिमाना सम्मको सडकलाई फराकिलो बनाई १० मिटर कायम गरिएको छ । मोहरिया, लामस्वाँरा, स्याङखुदी आनन्दज्योति लप्सीडाँडा सडक निर्माणको पहिलो चरणको काम सम्पन्न भएको छ । पोखरा महानगरले रणनीतिक सडकका रुपमा अगाडि बढाएका सडकहरुमा वहुवर्षीय ठेक्का प्रक्रिया सकेर निर्माण चलिरहेको छ । चालु आर्थिक वर्षमा विजयपुर कालिका हुँदै बेगनास सडकलाई ३२ करोड लागतमा अस्फाल्ट गर्ने कार्य अगाडि बढाइएको छ भने बैदाम, पामे, घाँटछिनाहुँदै दमदमे, सिदाने र मणिपाल, मौजा सडक वहुवर्षीय ठेक्का सम्झौता गरेर काम थालिएको छ ।

१६) सिर्जनाचोकमा निर्माण हँुदै गरेको आकाशेपुल निर्माणको अन्तिम चरणमा पुगेको छ । यहि महिनाभित्र सकिएर पुल प्रयोगमा आउने छ । यसले बढ्दै गरेको सडक दुर्घटनाबाट जोगाउन सहयोग पुग्नेछ ।

१७) ठेक्कामा लागेका १५ वटा मोटरेबल पुलहरु मध्ये घोरकुना मोटरेबल, भोटिखोला मोटरेबल पुल, स्यानी खोला पुल, बगादी खोला र स्याङखुदी खोलाको पुल सम्पन्न भएका छन भने बाँकी पुलहरुको भूमिगत संरचना तयार भएको छ । थप ४ वटा ठूला पुलको निर्माण कार्य अगाडि बढाउनका लागि डिपिआर तयार गरिएको छ ।

१८) जनप्रतिनिधि निर्वाचित भएदेखि हालसम्म कुल ३२ वटा साना खोल्साहरुमा कल्भर्ट निर्माण सम्पन्न भएका छन् भने यस आवमा ७ वटा कल्भर्ट सम्पन्न हुने चरणमा रहेका छन् । यी आयोजनाहरु वडा स्तर र महानगर स्तरीय बजेटबाट कार्यान्वयनमा आएका हुन् ।

१९) उज्यालो पोखरा अभियान अन्तर्गत नेपाल विद्युत प्राधिकरणको सहकार्यमा १३ करोड लागतमा ८० किलोमिटर सडक बत्ती व्यवस्थापन कार्य अगाडि बढेको छ । पोखरा महानगरपापलिकाले विद्युत शुल्क तिर्ने र व्यवस्थापन विद्युत प्राधिकरणले गर्ने गरी सम्झौता भई काम अगाडी बढेको छ । यो कामले सडकबाट सौर्य बत्ति विस्थापित हुने विश्वास छ ।

२०) वडा नं. ३, ४, ७, ८, ९, १०, १२ र ३३ मा नयाँ सहरी स्वास्थ्य केन्द्र स्थापना गरी कर्मचारी व्यवस्थापन र संचालन गरिएको छ । हाल आयुर्वेद अस्पताल सहित ४६ वटा स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र मार्फत सेवा प्रवाह गरिरहेको छ । अर्मला, लामाचौर, राखी, बेगनासमा नयाँ स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ भने हेम्जा र कास्कीकोटमा नयाँ भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

२१) बढ्दो कोभिड संक्रमण र महामारीबाट नागरिकको सुरक्षाका लागि महानगरले आफ्नो छुट्टै कोभिड उपचार युनिट स्थापना गरेको छ । १५ शैय्याको शिशुवा अस्पतालमा शैय्या थपेर ५० शैय्या बनाईएको छ भने ५० शैय्याको छुट्टै कोभिड अस्पताल निर्माण सम्पन्न गरेर सन्चालनमा ल्याईएको छ । यसले नागरिकहरुलाई सरकारप्रति विश्वास बढ्नेछ भने सहज उपचार पाउने छन् । यस बाहेक कोरोना रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइन र आइसोलेसन संचालन, पिसिआर स्वाव संकलन लगायतका काम नियमित गर्दै आएको छ ।

२२) महानगरको सहयोग तथा व्यवस्थापनमा ५ वटा एम्बुलेन्स संचालन गरिएको छ भने थप एक शव वाहन र एक एम्बुलेन्स खरिद कार्य अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य संस्थाहरु मार्फत जेष्ठ नागरिक स्वास्थ्य शिविर संचालन निरन्तर गर्नुका साथै सरुवा रोग नियन्त्रणमा अग्रपंक्तिमा रही कार्य गरिरहेको छ । २८ वटा वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्रको स्थापना एवं व्यवस्थापन गरी वडास्तरमा नागरिकहरुलाई निशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गरिएको छ भने ६ वडामा मुख स्वास्थ्य कार्यक्रम सन्चालन गरिएको छ ।

२३) समुदायस्तरमै महिलाहरुको विशेष स्वास्थ्य समस्या जस्तैः पाठेघर मुखको क्यान्सर, स्तन क्यान्सरको स्क्रिनिंग तथा उपचारको रेफर गर्ने गरिएको छ । निशुल्क औषधी तथा स्वास्थ्य सामग्रीको नियमित आपूर्तिको सुनिश्चितता गरिएको छ । गर्भवती एवं सुत्केरी महिला तथा शिशुहरुको पोषण प्रबद्र्धन एवं खोप सेवाको नियमितता गरिएको छ । वडा स्तरमै बर्थिङ सेन्टर सन्चालन गरिएको छ । स्वास्थ्य संस्थामा प्रसूति हुने आमा तथा जन्मिने बच्चाको स्वास्थ्य रक्षाको लागि न्यानो कपडा एवं यातायात खर्चको व्यवस्था गरिएको छ ।

२४) महानगरभित्र सन्चालित ९० वटा सामुदायिक विद्यालय मर्मत गर्नुका साथै चीनको गोन्जाओ शहरको सहयोगमा वडा नं. २२ मा रहेको शुक्रराज बलभद्र माविमा अत्याधुनिक छात्रावास भवन निर्माण गरिएको छ ।

२५) संघ सरकारसँगको साझेदारीमा कुल ४० वटा विद्यालयहरुमा शौचालय निर्माण, १९ वटा विद्यालयहरुमा कम्प्युटर ल्याब निर्माण गरिएको छ भने १३ वटा विद्यालयमा विज्ञान प्रयोगशाला, शीतलादेवी सामुदायिक विद्यालय, श्रीकृष्ण मावि र जनप्रकाश माविमा नमूना आइसिटी ल्याब निर्माण कार्य सम्पन्न भएको छ । कालो पाटी विस्थापन कार्यक्रम अभियानकै रुपमा संचालन गरी धुलो मुक्त कक्षाकोठा अभियान सम्पन्न भएको छ ।

२६) संघ सरकारसँगको साझेदारीमा सबै सामुदायिक विद्यालयमा सुरक्षित सेनेटरी प्याड व्यवस्थापन गरिएको छ । ईसिडी सन्चालन गरिएका विद्यालयमा शिक्षिका तथा सहयोगी कार्यकर्ताहरुलाई नेपाल सरकारले दिएको तलवमा महानगरले अतिरिक्त रकम थप गरिदिएको छ । २१३ शिक्षिका र सहयोगीहरु यसबाट लाभान्वित भएका छन् ।

२७) गण्डकी बहुप्राविधिक शिक्षालय स्थापना गरी डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटोमोवाइल इन्जिनियरिङको पढाई सुरु गरिएको छ । आगामी शैक्षिक सत्रदेखि थप ४ वटा विषयमा (एचए,फार्मेसी, जियोम्याटिक इन्जिनियरिङ र वन विज्ञान) पढाई थाल्ने गरी सिटिईभिटीसँग विषय थपको माग गरिएको छ । गण्डकी बहुप्राविधिक शिक्षालय मार्फत ११ वटा विषयमा निशुल्क तीन महिने तालिम सञ्चालन गरिएको र २२० जनालाई निशुल्क तालिम लिई स्वरोजगार बन्न सहयोग गरिएको छ । बहुप्राविधिक शिक्षालयको ल्याव, शैक्षिक तथा प्रशासकीय भवन निर्माणको लागि जग्गा खोजी गरी भवन निर्माण कार्य अगाडि बढाइएको छ । पोखरा २९ खल्याँडमा ल्याव भवनको निर्माण नै सुरु भैसकेको छ ।

२८) महानगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गरी १ देखि ५ कक्षासम्म यसै शैक्षिक सत्रदेखि लागू गरेको छ । ६ देखि ८ कक्षासम्म आगामी शैक्षिक सत्रमा पाठ्यक्रम तयार गरी कार्यान्वयनमा लगिने छ । १० वर्षे महानगर शैक्षिक योजना तयार गरी कार्यान्वयनको चरणमा छ ।

२९) नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, संघ तथा प्रदेश कानुनले निर्देश गरे बमोजिम २५ वटा ऐन, १६ वटा नियमावली, २८ वटा कार्यविधि, २१ निर्देशिका गरी ९० वटा ऐन कानुन निर्माण गरी कार्यान्वयनमा लगिएको छ ।

३०) महानगरपालिकाको संगठन संरचना व्यवस्थित गर्न संगठनात्मक मानव संशाधन पदपूर्ति तालिका तयार गरी कर्मचारी व्यवस्थापन सोही अनुसार गर्न सुरुवात गरिएको छ । साथै कर्मचारीहरुको क्षमता विकासका लागि छोटो अवधिका तालिम सन्चालन गरिएको छ ।

३१) न्याय सम्पादनको जिम्मेवारी स्थानीय तहलाई दिइएकोमा न्यायिक समिति गठन भई जिम्मेवारी अनुसार नियमित कार्य सम्पादन भइरहेको छ । वडास्तरमा मेलमिलाप केन्द्र स्थापना गरी मेलमिलापकर्ता सूचीकृत गरिएको छ । जसले स्थानीयस्तरमा हुने सामान्य बेमेलका घटनाहरु समाधान भइरहेका छन् । साथै पोखराको न्यायिक इजलास र न्याय सम्पादनबारे अध्ययनका लागि देशभरबाट न्यायिक समिति र जनप्रतिनिधिहरु अध्ययनका लागि आउने क्रम बढेको छ ।

३२) महिलाहरुको क्षमता अभिवृद्धि गरेर आर्थिक रुपमा सवल र सक्षम बनाउन उद्यमशीलताको विकास गराउने उद्देश्यले उपप्रमुखसँग महिला कार्यक्रम सञ्चालन गरिएको छ । यो कार्यक्रमबाट ३ सय ३५ जना महिला लाभान्वित भएका छन् । यो कार्यक्रमका लागि ८ करोड ३१ लाख लगानी भइसकेको छ । हिंसामा परेका महिलाहरुको सहायताको लागि निशुल्क कानुनी परामर्श सेवा प्रदान गर्नुका साथै महिला हिंसा न्यूनीकरणको लागि पुरुष ऐक्यवद्धता कार्यक्रम अभियानको रुपमा सञ्चालन गरी पुरुष समसचेतता कार्यक्रम सञ्चालन गरिएको छ ।

३३) स्मार्टसिटी पूर्वाधार अन्तर्गत सबै वडा कार्यालयमा केन्द्रिकृत इन्टरनेट इन्ट्रानेट प्रणाली जडान गरी महानगर र वडाका सेवालाई प्रविधि मैत्री बनाउँदै लगिएको छ । मुख्य चोकहरुमा सिसिटिभी क्यामरा जडान गरिएको छ । व्यक्तिगत घटना दर्ता, घरनक्सा पेश एवं् कर प्रणालीलाई सूचना प्रविधिको उपयोग गरी विद्युतीय पद्धतिमा लगिएको छ । पूराना कागजातहरुलाई (घरनक्सा तथा पन्जीकरण) डिजिटल अभिलेखीकरण गरिएको छ । भण्डारढिकमा रहेको दीपशिखा पुस्तकालयमा आरएफआइडी प्रणाली जडान गरिएको छ ।

३४) जनप्रतिनिधिले जिम्मेवारी सम्हालेपछिको पहिलो निर्णय अनुसार पोखरा महानगरपालिका भित्रका ज्येष्ठ नागरिकलाई नेपाल सरकारले दिएको सामाजिक सुरक्षा भत्तामा १० प्रतिशत थपेर वितरण गर्दै आएको छ । अपांगता भएकाहरुलाई नियमित परिचयपत्र वितरण गर्दै आएको छ ।

३५) लेखनाथ साना सहरी, बेगनास, भरतपोखरी, माझठाना, सराङकोट, कास्कीकोट, अर्मला, पुरुन्चौर, काहूँ, निर्मलपोखरी लगायत ठाउँमा एक घर एक धारा अवधारणा अन्तर्गत ८७ खानेपानी आयोजना छनोट गरी कार्यान्वयनमा लगिएको छ ।

३६) प्रदेश सरकारसँगको समन्वयमा महिला सुरक्षित आवासगृह सञ्चालन गरिएको छ । महानगरभित्रका ८९ जना सडक बालबालिकाको पहिचान गरी उनीहरुको पुनस्र्थापना गरिएको छ ।

३७) महानगरभित्र रहेका सहकारीहरुलाई व्यवस्थित गर्नका लागि छुट्टै सहकारी समिति गठन गरिएको छ । प्रत्येक सहकारीलाई उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन प्रेरित गरिएको छ ।

३८) कृषकहरुलाई सहज उपकरण प्रदान गर्न कष्टम हायरिङ सेन्टर स्थापना गरिएको छ । कृषक परिचय पत्र वितरण थालिएको छ । शहरी क्षेत्रमा कौशी खेतीतर्फ आकर्षण बढाइएको छ । अर्गानिक उत्पादनमा किसानलाई जोडिएको छ । उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई बढवा दिईएको छ । किसान र उपभोक्तालाई जोड्न ५ स्थानमा किसान बजार निर्माण र सञ्चालन गरिएको छ । पोखराको ब्रान्डको रुपमा रहेको जेठोबुढो धान, हेमजाको आलूको न्युनतम मुल्य निर्धारण गरि सहकारी मार्फत ब्राण्डिङ गर्ने काम सुरु भएको छ । मेयर प्रविधि मैत्री परियोजना सञ्चालन गरी किसानलाई आर्थिक सहयोग गरिएको छ भने पशु पन्छीको निशुल्क उपचारको व्यवस्था गरिएको छ ।

३९) हाल सञ्चालनमा रहेको ल्यान्डफिल साईटलाई विस्थापित गरी नयाँ ल्यान्डफिल साइटको खोजी गर्न समिति गठन गरिएको छ । सेन्ट्रल ट्रिटमेन्ट सुविधाबाट नेपालमै पहिलो पटक अस्पतालजन्य फोहोर मैलाको व्यवस्थापन निजी क्षेत्रसँगको सहकार्यमा अगाडि बढाइएको छ ।

४०) सडकमा छोडिएका चौपायाका कारण दैनिक दुर्घटना बढीरहेको अवस्थामा छाडा चौपायालाई नियन्त्रण गर्नका लागि पोखरा १४ मा चौपाया व्यवस्थापन केन्द्र सञ्चालन गरिएको छ ।

४१) सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत २ वटा आयोजना (पाताले छाँगो र सेती खोंच) सम्झौताको चरणमा रहेको छ । अन्य आयोजनाहरु सञ्चालनका लागि थप अध्ययन भैरहेको छ । यसबाट पोखरामा पर्यटकीय गन्तव्य थप हुनेछ भने आम्दानी समेत बढ्ने विश्वास लिईएको छ ।

४२) विश्वका विभिन्न देशका सहरहरुसँग भगिनी सम्बन्ध विस्तार गर्ने कार्य निरन्तर चलिरहेको छ । पोखराले अहिलेसम्म जापानको कोमागाने, चिनको लिन्जी, कुन्मिङ, गुञ्जाओ, छिन्चु, छुसाओ, नानिङ, युबिन, हाइकाउ, बेलायतको लन्डन बार्नेट तथा दक्षिण कोरियाको ग्यांबुक गु सहरसँग पनि भगिनी सम्बन्ध कायम गरिसकेको छ । साथै नेपालको धरान र भरतपुरसँग पनि सिस्टर सिटी सम्बन्ध कायम भएको छ । भगिनी सम्बन्ध कायम भएका अन्तराष्ट्रिय सहरहरुबाट आवश्यक सहयोग नियमित प्राप्त भैरहेको छ ।

४३) शान्तिनगरचोकदेखि बुलौंदीसम्म रंगिन क्लष्टर अन्तर्गत सडक पेटी निर्माण गरिएको छ । पालिखेचोकदेखि महेन्द्रपुल, चिप्लेढुंगासम्म, केआइसिंहपुलेदेखि नदीपुरसम्म अपांगमैत्री फुटपाथ निर्माण गरिएको छ । ४ वर्षको समयमा साना तथा ठूला फुटपाथ निर्माणका ४१ योजना सञ्चालन भएका छन् ।

४४) चार वर्षको अवधिमा वडास्तर तथा महानगर स्तर गरी ५८ वटा शौंचालय निर्माणका योजना सम्पन्न भएका छन् । हल्लनचोकमा व्यवस्थित शौंचालय निर्माणको काम अगाडि बढेको छ ।

४५) यस अवधिमा ७७ वटा साना ठूला गरी मठ, मन्दिरका योजना सम्पन्न भएका छन् भने सराङकोटको शिव मन्दिर, पुम्दीभुम्दीकोटको विशाल शिव मन्दिर निर्माणमा महानगरको साझेदारी रहेको छ । साना तथा ठूला गरी ६० वटा चौतारा निर्माण र ३४ वटा चौतारा मर्मत गरिएको छ ।

४६) पोखरालाई कार्यक्षेत्र बनाई कार्यरत पत्रकारहरुको सामाजिक सुरक्षाको लागि पत्रकार महासंघ कास्कीसँगको सहकार्यमा पत्रकार कल्याणकोष स्थापना गरी कार्यान्वयनमा ल्याइएको छ । आगामी दिनमा मजदुर तथा श्रमिकहरुको सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने नीति लिइएको छ ।

४७) गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र सञ्चालनको लागि वडा नम्बर १५, प्रदेश ट्राफिक प्रहरी कार्यालय स्थापनाको लागि वडा नम्बर ३०, वडा प्रहरी कार्यालय बैदामको भवन निर्माणको लागि वडा नम्बर ६ मा जग्गा व्यवस्थापन गरी संघ सरकारलाई सिफारिस गरेको छ । वडा नम्बर १ मा रहेको साइनो अस्पतालको जग्गामा मुटु उपचार केन्द्र बनाउने गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई, वडा नम्बर ३२ मा गण्डकी विश्वविद्यालय स्थापना र सञ्चालनको लागि गण्डकी विश्वविद्यालयलाई, वडा नम्बर २६ मा गण्डकी आयुर्वेद औषद्यालय स्थापनाको लागि, वडा नम्बर ३० मा मालपोत कार्यालय लेखनाथ र नापी कार्यालय लेखनाथको लागि, वडा नम्बर ३३ मा विद्युत प्राधिकरणको सब स्टेसन निर्माणको लागि, वडा नम्बर ३३ मा विद्याश्रम निर्माणको लागि, वडा नम्बर ३३ मै औद्योगिक क्षेत्र निर्माणको लागि जग्गा व्यवस्थापन गरी संघ सरकारलाई सिफारिस गरिएको छ ।

४८) स्थानीय तहबीचको अनुभव आदान प्रदान तथा सम्बन्ध विस्तारको लागि वार्षिक रुपमा राष्ट्रिय मेयर सम्मेलन आयोजना गर्ने कार्य थालनी भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width