मैले पदभार सम्हालिसकेपछि कुनै पनि संस्था र मान्छेलाई हेर्ने फरक दृष्टिकोण राखिनँ । वडाको मानचित्र ९० दिनभित्रै बनाएँ । त्यसकै आधारमा भौतिक पूर्वाधारसँगै मानवीय विकास समानान्तर लैजानुपर्छ भन्ने हिसाबले वडाका योजना बनाएँ । कनेक्टिङ रोड, पि वान् र पि टु भनेर छुट्याएँ । विद्यालयको गुणस्तर, स्वाथ्य चौकी निर्माणका साथै रोजगारी प्रवद्र्धन गर्न सिलाइ तालिम, पुरुञ्चौर क्षेत्रलाई बाख्रा पकेट क्षेत्रका रुपमा विकास गर्यौं, अहिले ६० वटा फर्म छन्, ६/७ लाख बचत गर्न सक्ने अवस्थामा छन् । २५ लाख बराबरको टनेल विकास गरी उत्पादन सुरु गरेका छौं ।
घार्मी लिफ्टिङ खानेपानीको काम अन्तिम चरणमा छ, घरमा धारा बनाउने र लिफ्टिङ जोड्ने काम बाँकी छ । लकडाउन खुलेपछिको अवस्थामा १ महिनामा काम सक्छौं । यो वर्ष पनि ७० जना महिलालाई रोजगारमूलक सिलाइ तालिम सञ्चालन गर्यौं । वडा कार्यालय निर्माण सकिएको छ तर ठेकेदारका कारण ढिला भएको हो ।
शोभामोहन पौडेल
अध्यक्ष, पोखरा महानगरपालिका वडा नं. १९
हामीले सबै पार्टीहरुलाई पनि सन्तुलित रुपमा लिएर गएका छौं । टोल विकाससँग समन्वय गरिरहेका छौं । न्याय निरुपण, न्याय सम्पादन गर्नुपर्छ भन्ने उद्देश्यले व्यक्ति व्यक्तिबीचका झगडा, साँध सिमानाका झगडा अन्त्य गर्दै संस्कार बसाल्न हामी सफल भएका छौं । वडाबाट नगरपालिका न्यायिक समितिमा मुद्दा जानै नपर्ने बनाएका छौं ।
नगरपालिकामा उत्कृष्ट कार्यसम्पादन गर्नै वडा १९ हो । हामीले ९१ प्रतिशत कार्यसम्पादन गरेका छौं । ५ लाखको एउटा योजनाबाहेक सबै कार्यान्वनमा छन् । कार्यसम्पादनमा वडा सचिव खटिएर लाग्नुपर्छ भन्नेमा मेरो जोड रह्यो, यस सम्बन्धमा सचिव नसहने वडाध्यक्ष पनि भने । वडाबासीले दुख पाएको कुनै घटना नै छैन ।
वडाको डकुमेन्ट्री र प्रोफाइल पनि बनाउँदै छौं । क्लबसँगको समन्वयमा एम्बुलेन्स सञ्चालन गरेका छौं ।
विधान समितिमा हामी २ बैठक बस्छौं । हिउँदे अधिवेशनलाई विधान सभाको रुपमा हामी लिन्छौं । चानचुन ऐन, कानुन, कार्यविधि गरी ९८ वटा बनाएका छौं । सबैभन्दा प्रमुख रुपमा सहरी योजना आयोग पनि स्थापना गर्यौं । पर्यटन ऐन, सहरी विकास निगम ऐन पनि हामीले पास गरेका छौं ।
कतिपय संशोधन पनि भइरहेका छन् । प्रदेश र संघसँग नबाझिने गरी संघीय सरकारको मार्गदर्शनमा नियमकानुन बनाउँछौं । एउटा बैठकमा नोट अफ डिसेन्ट लेखेकोभन्दा बाहेक विपक्ष दलतर्फबाट खास समस्या भएको अवस्था छैन । सहमतिमै ऐन कानुन बनेका छन् । कार्यपालिकाले अनुमोदन गरेर निर्णयार्थ नगरसभामा पेस गरेपछि दफाबार छलफल गर्छाै । त्यसअघि ५/६ दिन अघि वडा वडामा छलफल गर्न पठाएका हुन्छौं । नगरसभामा १ दिन अध्ययनको समय पनि दिन्छौं ।
वन ऐन, प्रहरी प्रशासन, शिक्षा, पर्यटन ऐन, पूर्वाधार नियम, मापदण्ड ऐन लगायत हामीले निर्माण गरिसकेका छौं ।
सुशासनसम्बन्धी कानुन निर्माणमा केही समस्या देखिएको छ । प्रदेश लोक सेवा आयोग गठन नभएका कारण अस्थायी, करार कर्मचारीको माग सम्बोधन गर्न सकेका छैनौं । मलाई लाग्छ अहिले पास भएको अवस्था । आवश्यक कानुन निर्माण र संशोधन गरी कार्यान्वयनमा ल्याएका छौं ।
स्थानीय सरकार सञ्चालन ऐनले प्रतिपक्ष भन्नेखालको सोच बनाएको छैन । मनोविज्ञानमा पर्ने भएकाले सहजीकरण गर्न २ दलको सचेतक बनाएर जाने खालको कुरा कानुनमा नभए पनि गरेका छौं । मेघा प्रोजेक्टको कुरा गर्दा बसपार्कको समिति बनाएका छौं, फोहोरमैलाको समिति बनाएका छौं । सेती गर्जेजमा विवाद आएको थियो, मेयरसाबसँगको छलफलपश्चात कार्यदल बन्यो, पास गर्नुपर्छ भन्ने पक्षमा निर्णय गरेको छ । फेवा सिल्टेसन ड्याम पनि सर्वसम्मत निर्णय भएको छ । सिसाको पुलमा पनि विवाद छैन, रामघाट ड्याम बनाउने कुरा विवादमा आएको थियो, नमिलेका कुरा मिलाएर जाने गरी अघि बढाइएको छ । विपक्षीबाट विषय उठ्छ, छलफल गर्ने र निष्कर्षमा पुग्ने गरी काम भइरहेको छ ।
पोखरा १९ का वडाध्यक्ष पौडेल महानगरमा नेकपा एमाले प्रमुख सचेतक एवं विधान समिति सभापति पनि हुन् ।
Related News
सम्बन्धित समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
सम जयन्तीमा रंगकर्मीको सम्मान
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१