स्थापना दिवसमा प्रेस युनियन कास्कीको शुभकामना

आदर्श समाज सम्वाददाता
जेठ १३, २०७८
Nepal_Press_Union

पोखरा, १३ जेठ । नेपाल प्रेस युनियनको ३० औं स्थापना दिवसमा नेपाल प्रेस युनियन कास्कीले शुभकामना व्यक्त गरेको छ ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले विज्ञप्ति प्रकाशित गरी शान्ति, लोकतन्त्र, प्रेस स्वतन्त्रता, सूचनाको हकप्रति सदैव प्रतिवद्व रहँदै आम श्रमजीवीको पेशागत अधिकार सुनिश्चितताका लागि युनियन कटिवद्व रहेको जनाए ।

श्रमजीवी पत्रकारहरुको हकहित संरक्षणमा स्थापनाकालदेखि नै युनियनले भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै हालसम्म युनियनको विकास र विस्तारमा योगदान पु¥याउने सबैप्रति सम्मान व्यक्त गरिएको छ ।

कोराना महामारीका कारण सृजना भएको असहज अवस्थामा पनि जनतालाई सुुसुचित गर्ने अभियानमा उच्च मनोबलका साथ पत्रकारहरुले निर्वाह गरेको भूमिकाको सम्मान गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा यतिबेला पत्रकारको स्वास्थ्य सुरक्षाको सवाल अत्यन्त महत्वपूर्ण रहेको भन्दै सतर्कता अपनाएर कार्यक्षेत्रमा खट्न आग्रह गर्र्दै पत्रकारका समस्यामा युुनियन सदैव साथमा रहने उल्लेख गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…
  • पोखरा वडा २७ को आफ्नै भवन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    लेखनाथ । पोखरा महानगरपालिका वडा २७ को भवन उद्घाटन गरिएको छ । साविक लेखनाथ नगरपालिका कार्यालय परिसरको जग्गामा नवनिर्मित वडा…

hero news full width