पोखरा । कोरोनाको दोस्रो लहरबाट संक्रमित धेरैजसोलाई अस्पतालमै भर्ना गर्नुपरेको छ, त्यो पनि अक्सिजन व्यवस्थासहित । भर्ना गरेका कतिपयलाई श्वासप्रश्वास समस्या छ । महामारी रुपमा फैलिएको दोस्रो भेरियन्टबाट संक्रमितमा केही गरी अक्सिजन व्यवस्थापन ढिलो हुन गए मृत्युको भय छ ।
संक्रमित दरसँगै मृत्युदर समेत बढ्दै जाँदा केन्द्र तथा प्रदेश सरकारले आवश्यक तयारी थाले । गत वर्ष पहिलो लहर केही साम्य भएको अवस्थामा उपयोगविहीन आइसोलेसन पुनः ब्युँताउने काम भयो ।
निःशुल्क उपचार गर्ने भनिएका मणिपाल र जिएमसीमा समान ३७ बेड खाली भए पनि सरकारी अस्पतालमा कोरोना संक्रमित बिरामी थामिनसक्नु छ ।
गण्डकी प्रदेशमा पनि दोस्रो लहरले छपक्कै छोपिसक्दा प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्ताल हाउसफुल भयो । ५० बेडको अस्पताल भरिएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसोलेसनको तयारी थाल्यो । प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा निर्मित ४० बेडको आइसोलेन वार्ड ५ दिनमै भरिभराउ भयो । जहाँ २५ बेड एचडीयू, १५ बेड आइसियू र १० बेड आइसोलेसन छन् । निजी अस्पतालमा उपचार महँगो भएका कारण संक्रमितको रोजाइ सरकारी नै हुन थाल्यो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालनको इमर्जेन्सी पनि भरिन थाल्यो । अस्पतालले सोको व्यवस्थापनका लागि मेडिकल वार्डलाई आइसोलेसन बनाएर संक्रमितलाई त्यता सार्यो । तर समस्या ज्यूँका त्यूँ छ । यो कुरा प्रतिष्ठानका नवनियुक्त निर्देशक डा. भरतबहादुर खत्री स्वीकार्छन् ।
वैशाख २ मा स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा ५० प्रतिशत बेड कोरोना संक्रमितका लागि छुट्याउन निर्देशन दिएको थियो । ३ सय ७० बेड क्षमताको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले १ सय ८५ बेड कोरोना संक्रमितका लागि छुट्याउनुपर्ने हो । तर, हाल ३८ आइसोलेसन, २५ आइसियू र ३० एचडियू गरी ९३ बेड मात्रै छुट्याएको छ ।
सरकारी अस्पतालले मात्र नधान्ने देखिएपछि गण्डकी मेडिकल कलेज (जिएमसी) र मणिपाल शिक्षण अस्पतालमा अब कोरोनाको निःशुल्क उपचार गर्ने सहमति भएको छ । तर सामान्य अवस्थाका कोरोना संक्रमितको लागि ३ हजार ५ सय, मध्यमका लािग ७ हजार ५ सय र जटिल प्रकारका लागि १५ हजार बेहोर्ने गरी सरकारले ती २ अस्पतालसँग सम्झौता गरेको हो । दैनिक १५ हजार भन्दा बढी खर्च आयो भने कसरी पु¥याउने भनी ती अस्पतालमा भर्ना हुने संक्रमितको संख्या न्यून देखिन्छ । मणिपालले ८२ बेड कोरोनाका लागि छुट्याए पनि ४५ जना मात्र भर्ना भएका छन् । जिएमसीले १ सय २५ बेडमा कोरोना संक्रमित राख्ने भने पनि हाल ८८ मात्र भर्ना भएका छन् ।
निःशुल्क उपचार गर्ने भनिएका यी अस्पतालमा समान ३७ बेड खाली भए पनि सरकारी अस्पतालमा कोरोना संक्रमितका बिरामी थामिनसक्नु छ ।
पोखरामा हाल २ सरकारी, १ सामुदायिक र १६ निजी अस्पतालले कोरोना संक्रमितको उपचार गराइरहेका छन् । सरकारी अस्पतालमा भएका आइसियू भरिँदा संक्रमितले महँगो धरौटी र उपचार खर्च बुझाएर निजी अस्पतालमै उपचार गराउन बाध्य छन् । आइतबार साँझसम्म पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ र सरुवा रोग अस्पतालमा ५४ संक्रमितको उपचार भइरहेको छ ।
बाँकी ४ सय ३२ जना मात्र १ सामुदायिकसहित निजी अस्पतालमा चर्को मूल्य तिरेर उपचार गराइरहेका छन् । निजी अस्पताल चरक मेमोरियल, मेडिप्लस, रिजनल अस्पताल, फेवासिटी, कास्की मोडेल अस्पताल, दीर्घायु अस्पताल, ग्यालेक्सी अस्पताल, फिस्टेल अस्पताल, कास्की सेवा, मेट्रोसिटी, ओम अस्पताल, जनप्रिय अस्पताल, नमस्ते अस्पताल र सहारा अस्पतालमा अझै केही बेड खाली नै छन् ।
सर्वसाधारण धेरै संक्रमितका लागि पहिलो रोजाइ सरकारी भए पनि प्रदेशकै ठूलो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भने बेड बिस्तारका लागि टेन्डरमै अल्झिएको छ । नयाँ भवनमा आइसोलेसन बेड तयार गर्ने भनिएकोमा टेन्डर बहानाको टेको लगाएर बसेको छ ।
केही बेड ल्याइए पनि अक्सिजनका लागि कपर पाइपलाइन बिस्तार नभएको बताइएको छ । २ सय बेडका लागि अक्सिजन पाइपलाइन वायरिङका गण्डकी सरकारले ६२ लाख रुपैयाँ अस्पताललाई दिने सुनिश्चितता पत्र दिइसकेको छ ।
प्रतिष्ठानका निर्देशक डा. खत्रीले पाइपलाइन फिटिङका लागि अबको २/३ दिनमा सातदिने टेन्डर आह्वान गर्ने जानकारी दिए । अक्सिजन प्लान्टका लागि निजी क्षेत्रबाट काम भइरहेको उनको भनाइ छ । अस्पतालमा ३ क्षेत्रबाट अक्सिजन प्लान्टको काम हुने भनिएकोमा बतास फाउन्डेसनले काम छिटो सक्ने संकेत देखिएको डा. खत्री बताउँछन् ।
Related News
सम्बन्धित समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
सम जयन्तीमा रंगकर्मीको सम्मान
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१