अन्नपूर्णमा ५६ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
जेठ ९, २०७८
blood donation

हेमजा । अन्नपूर्ण कोभिड हेल्पलाइनको आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा ५६ युनिट रगत संकलन भएको छ ।

स्थानीय नागडाँडा चोक र माछापुच्छ्रे क्याम्पस गेटमाभएको कार्यक्रममा रेडक्रस सोसाइटी कास्कीको प्राविधिक र रेडक्रस उपशाखा अन्नपूर्ण १, २, ३ ले नगद सहयोग गरेका थिए ।

यसैबीच, कोरोना भाइरस नियन्त्रणको सहजताका लागि स्थापित हेल्पलाइनले वडा संयोजक तोकेको हेल्पलाइनका सचिव शिवहरि सुवेदीले जानकारी दिए।

जसअनुसार अन्नपूर्ण १ मा हेमबहादुर केसी, २ मा सुशील भण्डारी, ३ मा एकनारायण पौडेल, ४ मा आइमान गुरुङ, ५ मा गोविन्द केसी र ६ मा रोहित गुरुङलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, विष्णु चापागाईंलाई अन्नपूर्ण ७, विष्णु गुरुङलाई अन्नपूर्ण ८, गौतम सुवेदी क्षेत्रीलाई अन्नपूर्ण ९, भूपाल घर्तीलाई अन्नपूर्ण १० तथा दीपक गुरुङलाई वडा ११ को संयोजक तोकिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width