पत्रकार महासंघलाई स्वास्थ्य सामग्री सहयोग

आदर्श समाज सम्वाददाता
जेठ ७, २०७८
Help Photo

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान निर्देशक वरिष्ठ कन्सल्टेन्ट सर्जन सहप्राडा अर्जुन आचार्य र समाजसेवी मीनाकुमारी गुरुङले नेपाल पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । कोरोना महामारीमा अग्रभागमा खटिने पत्रकारका लागि उनीहरुले शुक्रबार कुल ६ हजार थान मास्क र १५ लिटर सेनिटाइजर सहयोग गरेका हुन् ।

डा. आचार्यले ३ हजार ५ सय मास्क र ५ लिटर सेनिटाइजर पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीलाई हस्तान्तरण गरे ।

डा. आचार्यले अहिलेको कठिन अवस्थामा पत्रकारले अग्रभागमा खटिएर काम गर्नुपर्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सहयोग गरिएको बताए । महासंघ अध्यक्ष भण्डारीले सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा महासंघको कुनै सदस्यलाई गाह्रो परेमा चिकित्सीय सुझावको पनि अपेक्षा गरिन् ।

यस्तै, कास्की ल्वाङ घर भई हाल हङकङ निवासी समाजसेवी गुरुङले प्रवीण मर्सानी मार्फत २ हजार ५ सय मास्क र १० लिटर सेनिटाइजर महासंघलाई उपलब्ध गराएकी हुन् । सो स्वास्थ्य सामग्री शुक्रबार नै मर्सानीले महासंघ कास्की उपाध्यक्ष रामप्रसाद तिमिल्सिनालाई हस्तान्तरण गरे ।

महासंघ उपाध्यक्ष तिमिल्सिनाले महासंघमा प्राप्त मास्क तथा स्वास्थ्य सामग्री जोखिम खटिने जिल्लाका पत्रकारलाई प्राथमिकता आधारमा उपलब्ध गराउने बताए ।

Related News

सम्बन्धित समाचार

  • लायन्स आदर्श चौतारीको शिविर

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालअन्तर्गत लायन्स क्लब पोखरा आदर्श चौतारी, लियो आदर्श चौतारी, पैयुँको आयोजनामा निःशुल्क बृहत्…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…
  • हिमालयनलाई वडाध्यक्ष कप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । हिमालयन बोर्डिङ स्कुलले चौथो अन्तरविद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ड्याम साइड क्लबले आयोजना…
  • अखण्ड कीर्तनको १७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । राम मन्दिर अखण्ड कीर्तन उपसमिति पोखरा–१७, बिरौटाको १७ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । समारोहको पोखरा–१७ का…
  • थ्रिस्टार सेमिफाइनलमा प्रवेश

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पाेखरा । आहारारा पोखरा गोल्डकपको पाँचौंपल्टको विजेता थ्रि स्टार क्लब २४ औं संस्करणको प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार…

hero news full width