खेलकुद महासंघको सहयोग जारी

आदर्श समाज सम्वाददाता
जेठ ३, २०७८
sports help

पोखरा । नेपाल खेलकुद महासंघले कोभिड १९ बिरुद्धको राष्ट्रिय अभियानलाई जारी राखेको छ । सोही अभियान अन्तरगत अघिल्लो मोर्चामा खटिने बिशेष गरि सुरक्षा निकायलाई मध्यनजर राख्दै महासंघका केन्द्रीय स्थायी कमिटि सदस्य सुरेश कार्कीको नेतृत्वमा सुनसरी जिल्लाको विभिन्न ६ ठाउँमा रहेका प्रहरीको संस्थालाई स्वास्थ्य सामग्री मास्क, सेनिटाइजर, साबुन, फेससिल्ड प्रधान गरेको हो ।

खेलकुद महासंघले कोभिड नो भिड भन्ने नाराका साथ देशका ७७ जिल्लामा स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ । यसै क्रममा स्थायी कमिटी सदस्य कार्कीको नेतृत्वमा सुनसरी जिल्ला संयोजक पुष्प कार्कीको संयोजकत्वमा प्रदेश सह संयोजक भेष कार्की, सचिवालय सदस्य उमेश सुवेदी, केन्द्रीय सदस्यहरु ईश्वरविक्रम शाह र गौरवजंग राणाको उपस्थितिमा सुनसरीका विभिन्न ७ पुलिस कार्यालयलाई सामग्री वितरण गरिएको हो ।

उक्त टोलीले पकली थानालाई १ हजार थान मास्क, ५ लिटर सेनिटाइजर, १२ लिटर साबुन र ५ थान फेससिल्ड, चक्रघट्टी थानालाई १ हजार थान मास्क, ५ लिटर सेनिटाइजर, १२ लिटर साबुन, चतरालाई ४५० थान मास्क, ५ लिटर सेनिटाइजर र १० लिटर साबुन, कालाबञ्जर, नडाहा र बांगेबजार प्रहरी चौकीलाई समान ५ सय थान मास्क, २ लिटर सेनिटाइजर, ६ लिटर साबुन प्रदान गरेको सदस्य कार्कीले जानकारी गराए । कार्कीका अनुसार अभियान अन्तरगत पहिलो चरणमा क्रमैसंग अघिल्लो मोर्चामा खटिने सुनसरीका अन्य प्रहरी कार्यालयहरु र त्यस पश्चात अन्य संघ संस्थालाई पनि स्वास्थ्य सामग्री प्रदान गरिने बताए ।

Related News

सम्बन्धित समाचार

  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…
  • पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । पाँचपटकका च्याम्पियन थ्रि स्टार क्लबले २४ औं आहारारा पोखरा गोल्डकपमा सेमिफाइनलबाट आफ्नो यात्रा टुंगाएको छ । पोखरा रंगशालामा…
  • ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित

    विजय नेपाल फागुन १, २०८१
    पोखरा । पोखरा रंगशालामा सर्वाधिक सफल नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेड क्लबको चुनौती १–० गोलअन्तरले पन्छाउँदै २४ औं आहारारा…
  • ब्ल्याक बुल्स् सेमिफाइनलमा

    आदर्श समाज सम्वाददाता माघ २९, २०८१
    पोखरा । पोखरा रंगशालामा जारी २४ औं आहारार पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार दुई विदेशी टिमको प्रतिस्पर्धा रोचक रह्यो ।…

hero news full width