पोखरा, २ जेठ । वरिष्ठ चलचित्रकर्मी, कवि, गीतकार तथा उपन्यकासकार चेतन कार्कीको निधन भएको छ । उनको ८३ वर्षको उमेरमा वीरेन्द्र सैनिक अस्पताल छाउनी, काठमाडौंमा आइतबार बिहान करिब ८ बजे निधन भएको हो । बुढ्यौली उमेरमा पनि निकै निरोगी उनी पछिल्लो समय कोरोना संक्रमणको शिकार बनेका थिए।
संक्रमणपछि गत आइतबार उपचारार्थ अस्पताल भर्ना गरिएकोमा बिहान निधन भएको उनका ज्येष्ठ सुपुत्र पारस कार्कीले आदर्श समाजलाई जानकारी दिए । ‘बुवालाई गत साता कोरोना संक्रमण थियो । अस्पतालमा उपचार हुँदाहुँदै बिहानमात्र स्वर्गारोहण भएको खबर आयो,’ उनले भने ।
स्याङ्जाको फेदीखोला गाउँपालिका वडा ३, बायँटारी गाउँमा १९९५ सालमा जन्मिएका उनी गत वर्ष कात्तिक २२ मा ८३ वर्षमा प्रवेश गरेका थिए । संस्कृतिकर्मी उनले ८२ औं जन्मोत्सवमा काठमाडौंमा एकल कविता वाचन गरेका थिए ।
इन्डियन आर्मीका लाहुरे पिता कप्तान जुद्धवीर कार्कीसँगै उनी ४ वर्षको उमेरमा भारतको देहरादून गएका थिए । त्यहाँस्थित गोर्खा मिलिट्री स्कुलमा पढ्ने मौका पाएका उनी विविध विषयमा ज्ञाता थिए । उनले नेपाली भाषामा सहित हिन्दू र उर्दूमा पनि कविता लेखेका छन् । उनका तिनै भाषाका कविताका कृति प्रकाशित छन् । उनी नेपाली सहित हिन्दी, उर्दू, बंगााली, अंग्रेजी भाषा जान्थे ।
उनका तिजको रहर आयो बरिलै, दाइलाई बोलाउँ भने लेक स्वर पुग्दैन, बुझ्नै सकिनौं तिमीले मेरो आँखाको भाका, माया पिरतीको चोखो कथा, यी ओठ तिम्रा, छोरीको जन्म हारेको कर्म, अंग अंगमा तरंग बोकी, बैनीको दया छ भने सहितका दर्जनौँ लोक, आधुनिक तथा चलचित्रका गीतहरु लोकप्रिय छन्। उनका गीतहरु नारायण गोपाल, तारा देवी, अरुणा लामा, प्रकाश श्रेष्ठ, किरण प्रधानसहितले गाएका छन्।
आत्मा बेचेको छैन, ढलेको गिलाँस, हनिमुन–उपन्यास, बसिबियाँलो–कथासंग्रह, माया पिरतीको कथा, जुन निदाउन थाल्यो–गीत संग्रह, कल्पना टुट चुकी है (हिन्दी कविता), दिल गिजर के टुकडे (हिन्दी उर्दू कविता) सहित प्रकाशित छन्।
पोखरामा रहँदा चेतन कार्की र भूपि शेरचनको दोस्ती थियो । वरिष्ठ फिल्म निर्देशक कार्कीको पहिलो निर्देशिक फिल्म भुँमरी हो । उनले करिब ५० बढी फिल्ममा कथा, पटकथा, संवाद, निर्देशन, प्राविधिक सल्लाह तथा गीत लेखन गरेका छन् । उनले जीवनरेखा, सिंन्दुर, मायाप्रीति, कान्छी जस्ता फिल्म सबैले पछिसम्म याद गर्ने फिल्म हो भन्ने गर्थे ।
पोखरामा हिमाली सांस्कृतिक परिवार जन्माउनमा उनको ठूलो योगदान छ । २०५४ सालमा उनी र नरबहादुर शेरचनले संस्था स्थापना गरेका हुन् । स्व. कार्कीको निधनले एउटा मूर्धन्य व्यक्तित्व गुमेको शेरचन बताउँछन् । शेरचनले भने, ‘उहाँसँग अथाह ज्ञान थियो । निकै मिलनसार हुनुहुन्थ्यो । पोखराले उहाँलाई सधैँ सम्झिरहनेछ ।’
स्व. कार्कीका श्रीमती गंगा कार्की, २ छोराहरु (पारस र पंकज कार्की) तथा ४ नातिनातिना छन् । हाल उनी ललितपुरको जावलाखेल बस्दै आएका थिए ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
hero news full width
मुख्य समाचार
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१