काठमाडौं । नेपालमा थप आठ हजार १६७ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ९७१ जनाको पिसिआर तथा ५७७ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः आठ हजार ४६ र १२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यससँगै देशभर कोरोना सङ्क्रमित चार लाख ७७ हजार चार पुगेका छन् । हालसम्म २७ लाख ५१ हजार ४८१ को पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ४५५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या तीन लाख ३३ हजार १०८ पुगेको छ । कोरोना निको दर ७४ दशमलव ४ प्रतिशत छ । यस्तै गत २४ घण्टामा थप १८७ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या चार हजार ८५६ पुगेको छ । आजसम्म मुलुकभर सक्रिय सङ्क्रमितको संख्या एक लाख नौ हजार ७४० छ । रासस
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
फागुन ४, २०८१गायिका समीक्षा अधिकारी सम्मानित
फागुन ४, २०८१बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
फागुन ३, २०८१पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१