पोखरा । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले बहुमतको सरकारको दाबी नगर्ने निष्कर्ष निकालेपछि पुनः केपी ओली नै प्रधानमन्त्री नियुक्त हुने भएका छन्।
ओलीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज वैशाख ३० गते राति ९ बजेसम्ममा बहुमत लिएर प्रधानमन्त्रीको दाबी पेस गर्न आह्वान गरेकी थिइन्। उक्त समयसीमा सकिन करिब दुई घण्टामात्र बाँकी रहँदा कांग्रेस र माओवादी दुवैले बहुमत नपुग्ने निष्कर्ष निकालेका छन्।
आज पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले संविधानको धारा ७६ (२) अनुसार दाबी गर्नका लागि बहुमत नपुग्ने भएकाले दाबी नगर्ने निष्कर्ष निकालेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।
‘हाम्रो बहुमत नै नपुग्ने देखियो। त्यसैले सरकारको दाबी नगर्ने निष्कर्षमा पुगेका हौं,’ उनले भने, ‘दिउँसो नै अध्यक्ष र कांग्रेस सभापतिबीचको भेटवार्तामा नै यो कुरा भइसकेको थियो।’
एमालेको माधव झलनाथ पक्षको तत्काल राजीनामा नआउने भएपछि बहुमत नपुग्ने र जसपा पनि एकमत नभएकाले सरकारको दाबी गर्ने सम्भावना सकिएको निष्कर्ष निकालिएको उनले बताए।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न बूढानीलकण्ठ गएका थिए।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भएको वार्ता सहमति नजिक पुगेपछि माधव नेपालले राजीनामा टरेको बताएका छन्।
उता, कांग्रेसको पदाधिकारी बैठकले पनि बहुमत नपुग्ने निष्कर्ष निकाल्दै पछि हटेको छ। प्रतिनिधिसभामा हाल २७१ जना सांसद छन्। र, सरकार बनाउन १३६ जना सांसदको समर्थन आवश्यक पर्छ।
विपक्षी गठबन्धनले बहुमत पुर्याउन नसकेर सरकारको दाबी नगर्ने भएपछि अब राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतले पुनः केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्ने देखिएको छ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
hero news full width
मुख्य समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१