कास्कीमा जेठ ७ गतेसम्म थपियो लकडाउन

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०७८
cdo kaski

पोखरा । कोरोना भाइरस नियन्त्रणका लागि कास्कीमा निषेधाज्ञा अवधि जेठ ७ सम्म थपिएको छ । प्रशासनले गत वैशाख १५ देखि जारी राखेको निषेधाज्ञा अवधि पुनः बढाइएको हो ।
पछिल्लो समयमा तीव्र रुपमा फैलिरहेको संक्रमण रोक्न कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएसी) ले गरेको निर्णय बमोजिम प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बुधबार सो आदेश जारी गरेका हुन् ।

आदेश अनुसार अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, हिँडडुल नगर्न, मर्निङ वाक, इभिनिङ वाक समेत नगर्न आदेश जारी गरेको छ । भेला, सभा जुलुस, जात्रा तथा महोत्सव गर्न निषेध गरेको छ ।

एम्बुलेन्समा बिरामी तथा कुरुवा गरी बढीमा २ जना चढ्न पाउनेछन् । दमकल, शववाहन, खाद्यसामग्री तथा पशुपंक्षीका दाना, खाद्यान्न तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरु भने चल्नेछन् । चिकित्सक तथा स्वास्थ्यकर्मीले ड्युटी जाने आउने क्रममा प्रयोग गर्ने सवारी साधनहरु, औषधी तथा स्वास्थ्य सेवाका सामग्री बोकेका सवारी साधन, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हने सरकारी सवारी साधन चल्ने भए पनि जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक कायमै छ ।
धार्मिकस्थलमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरी नित्य पूजा, ध्यान र प्रार्थना गर्न पाउनेछ ।

सबै प्रकारका शैक्षिक संस्था, तालिम, प्रशिक्षण केन्द्र, सिनेमा हल, पार्टी प्यालेस, होटल, रेस्टुरेन्ट साथै खेलकुद क्षेत्र सञ्चालन गर्न पाइने छैन ।

विवाह, व्रतबन्ध एवं अन्य संस्कारजन्य कार्यक्रम पार्टी प्यालेस तथा होटलमा गर्न पाइने छैन । पूर्व निर्धारित विवाह कार्यक्रम आफ्नै घर परिसरमा सञ्चालन गर्दा तोकिएको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरी १० जनाभन्दा बढी व्यक्ति सहभागी हुन नपाइने, सवासाधन प्रयोग गर्नुपर्नेको हकमा केटा वा केटी पक्षले बढीले ५ जनामात्र हुने गरी १ सवारीसाधन मात्र प्रयोग गर्न सक्ने छन् । आफू प्रत्यक्ष संलग्न भई गर्नुपर्ने मृत्यु संस्कार बाहेकका अन्य गतिविधिमा संलग्न नहुने आदेश छ ।

औषधी एवं स्वास्थ्य सामग्रीका पसलहरु २४ सै घन्टा खुला रहने, दैनिक उपभोग्य खाद्यान्न पसल, तरकारी, फलफूल, दुध तथा दही, माछा मासु बिक्री वितरण गर्ने पसल बिहान ५ देखि बिहान ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । ताजा दुध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवं संकलन केन्द्रमा पु¥याउन एवं बिक्री वितरणमा रोक छैन । फलफूल तथा तरकारीको थोक बिक्रेताले खुद्रा बिक्री वितरण गर्न पाउने छैनन् ।

खाद्यान्न, तरकारी, पानी, फलफूल, दुध जस्ता देनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरिद गर्ने तर सोको लागि सवारीसाधन प्रयोग गर्न पाइने छैन । सो बाहेकका अन्य पसल, डिपार्टमेन्टल स्टोर्स, सपिङ मल लगायत सबै पसल पूर्ण रुपमा बन्द हुने छन् ।

उद्योग तथा सार्वजनिक निर्माण काममा संलग्न कर्मचारी तथा श्रमिकलाई उद्योग परिसर वा र्निाणस्थल नजिकै खाना र बासको व्यवस्था गरी सञ्चालन गर्न सकिनेछ ।
सरकारी प्राथमिकताप्राप्त आयोजनाका लागिमात्र निर्माण सामग्री बोक्ने गाडी बेलुका ८ देखि बिहान ४ बजेसम्म मात्र सञ्चालन गर्न सकिनेछ ।

स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानी, औषधी तथा औषधीजन्य उत्पादन तथा बिक्री वितरण लगायतका अत्यावश्यक सेवा तथा कार्य गर्ने बाहेकका अन्य सरकारी वा गैरसरकारी कार्यालयबाट सेवा प्रवाह नगर्ने, ती कार्यालयका कर्मचारी घरबाट कार्यालय आउन÷जान बिहान ९ देखि १० र बेलुका ५ देखि ६ को समय तोकिएको छ ।

सञ्चारकर्मीले सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास, नेपाल पत्रकार महासंघबाट जारी प्रेस पास तथा सञ्चार गृहबाट जारी पासको आधारमा आवतजावत गर्न पाउने छन् ।
बैंक तथा वित्तीय संस्थाले १ चौथाइ कर्मचारी राखेर १ चौथाइ शाखामात्र निक्षेप १ लाखभन्दा बढी, चेक भुक्तानी, क्लीअरिङ र विप्रेषण सेवामात्र बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु परिचय र कार्यालय पोशाक आधारमा बिहान १० देखि ११ र दिउँसो २ देखि साढे ३ सम्म आवतजावत गर्न सक्नेछन् ।

कास्कीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रशासनले निषेधाज्ञा अवधि लम्बाएको जनाएको छ । जिल्लामा बुधबार साँझसम्म सक्रिय संक्रमित संख्या ३५ सय कटेको छ ।

Related News

सम्बन्धित समाचार

  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…
  • सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सराङकोट धार्मिक पर्यटकीय क्षेत्र बन्दै गएको बताएका…
  • पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय आयोजनामा लम्भी हिलमा बिहीबारदेखि श्रीमद्भागवत् गीता ज्ञानमहायज्ञ सुरु भएको छ । कलश यात्रा गरी सुरु…

hero news full width