मास्क नलगाउने २१० कारबाहीमा

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०७८
police ~mask

पोखरा । कोरोनाको बेला मास्क नलगाई हिँड्नेलाई प्रहरीले कारबाही गरेको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले गत वैशाख १३ देखि हालसम्मको अवधिमा २ सय १० जनालाई कारबाही गरेको जनाएको छ ।

संक्रामक रोग ऐन, २०२० एवं अन्य प्रचलित कानुन बमोजिम कारबाही स्वरुप १ सय रुपैयाँ जरिवाना असुल गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराका निमिक्त प्रवक्ता प्रहरी निरीक्षक मनोजकुमार शाहीले जानकारी दिए ।

प्रहरीले सञ्चालन गरेको ‘तपाईंको मास्क खै ?’ अभियानअन्तर्गत सो अवधिमा ३६ हजार २ सय ४३ सवारीसाधन चेकजाँच गरिएको थियो । सम्झाई बुझाइ छाडिएका व्यक्ति ६४ हजार छन् भने १५ हजार ५ सय ११ लाई मास्क वितरण गरिएको थियो ।

प्रहरीले ब्यारेकमा बस्दा सामाजिक दूरी कायम, नियमित रुपमा साबुनपानीले हात धुने, मास्क र सेनिटाइजर प्रयोग गर्ने, ड्यूटीमा रहँदा मास्क र पञ्जा अनिवार्य प्रयोग, बिदामा गएका वा लामो समय कार्यालय बाहिर रही हाजिर भएका प्रहरी कर्मचारीलाई १४ दिनसम्म क्वारेन्टाइन बस्न लगाइएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width