जनमोर्चामा खीमविक्रम पनि थापाकै बाटोमा, मानेनन् दलको निर्देशन

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०७८
khim-bikram-shahi

सांसद खिमविक्रम शाही । फाइल फाेटाे

पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद खीमविक्रम शाही पनि दलका नेता कृष्ण थापाकै बाटोमा लागेका छन् ।

उनले अन्तिम समयमा आफू कुनैपनि गठबन्धनमा नलागेको र तटस्थ रहेको बताएका छन् । बुधबार विज्ञप्ति जारी गरी उनले आफ्नो समर्थन कतै नरहेको प्रष्ट पारेका हुन् ।

‘नेपाली कांग्रेसको नेतृत्वको गठबन्धनमा मेरो हस्ताक्षर छ भनी बाहिर विभिन्न सन्चार माध्यममा प्रकाशित–प्रसारित समाचारमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन्, ‘सो गठबन्धनमा मेरो सहभागिता र संलग्नता नरहेको सम्बन्धित सबैलाई स्पष्ट पार्न चाहान्छु ।

साथै कुनैपनि गठबन्धनमा नभएको र तटस्थ रहेको जानकारी गराउँदछु ।’ यसअघि संसदीय दलका नेता कृष्ण थापाले आफू कांग्रेस नेतृत्वको सरकारलाई सहयोग र समर्थन गर्न नसक्ने भन्दै हस्ताक्षर गर्न नमानेपछि उनलाई कारबाही प्रक्रिया अघि बढेको छ ।

पार्टीले संसदीय दलको नेताबाट हटाइसकेको छ । सांसद थापाले कारवाही प्रक्रिया नै विधानविपरीत रहेकाे दाबी गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width