गण्डकी मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको दाबी, कांग्रेससहित गठवन्धन पु्ग्यो पत्र लिएर

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०७८
preparation to oath

सपथका लागि तयार पारिएको स्ठान

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको दाबीसहित पत्र दर्ता भएको छ ।
कांग्रेससहित माओवादी, जनमोर्चा र जसपाको समर्थन रहेका भन्दै पोखरेलको दाबीसहित पत्र दर्ता भएको हो ।

पत्र दर्ताका लागि मुख्यमन्त्रीका दाबेदार कृष्ण्णचन्द्र नेपाली पोखरेलसहित कांग्रेस, माओवादी, जनमोर्चा र जसपाका प्रतिनिधि सहभागी छन् ।

संविधानको धारा १६८ को २ अनुसार सरकार गठनको दाबी गर्दै उनीहरु प्रदेश प्रमुखकै निवासमा पुगेका हुन् ।

मुख्यमन्त्रीबाट पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमतीय सरका गठनका लागि आज दिउँसो ४ बजेसम्मको म्याद दिएकी थिइन् ।
गठवन्धनको टोली समय अगावै निवास पुगेको हो ।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत चाहिन्छ । जनमोर्चाका कृष्ण थापाले कांग्रेसलाई कुनै पनि हालतमा सहयोग नगर्ने बताएपछि गठनवन्धन अप्ठेरोमा परेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width