पोखरा । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन सोमबारबाट अन्त्य भएको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव अब औचित्यहीन भएपछि अधिवेशन अन्त्य भएको हो ।
मुख्यमन्त्री गुरुङविरुद्धको प्रस्तावमा विशेष अधिवेशनको सोमबारको बैठकमा मतदान हुने कार्यसूची थियो । तर त्यस अगावै आइतबार बेलुकापख उनले राजीनामा दिएका हुन् ।
संसद सचिवालयका अनुसार प्रदेश सभाको विशेष अधिवेशन सोमबार बिहान १० बजेदेखि अन्त्य भएको हो ।
यसका लागि प्रदेश प्रमुखको कार्यालयबाट आइतबार नै प्रदेश सभा सचिवालयमा पत्र गएको थियो ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ सांसदले २ वैशाखमा मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए । सरकारकाे सिफारिसमा त्यस अगावै हिउँदै अधिवेशन वैशाख १ गते रातिदेखि अन्त्य भएको थियो ।
अविश्वास प्रस्तावका प्रस्तावकहरुले २ गते नै संसदको विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई निवेदन दिएका थिए ।
तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनले १३ गतेबाट विशेष अधिवेशन सुरु हुने गरी ६ गते आह्वान गरेका थिए ।
त्यस अनुसार वैशाख १५ गते अविश्वास प्रस्तावमा मतदानकाे कार्यसूची थियाे । तर त्यसैदिन जनमाेर्चाका १ सांसद हराएपछि संसद बैठक राेकिएकाे थियाे ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
hero news full width
मुख्य समाचार
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१