वेपत्ता युवाको शव ओडारमा भेटियो   

आदर्श समाज सम्वाददाता
वैशाख २७, २०७८
Corona-deaths-1200

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानबाट हराएका एक युवाको १२ दिनपछि ओढारमा ढुङ्गाले अँठ्याएको अवस्थामा शव फेला परेको छ । यही वैशाख १४ गतेदेखि हराएका २७ वर्षीय धजेन्द्र पुनको देवीस्थानको मार्चुला सामुदायिक वनको बराहथानस्थित ओढारमा आइतबार शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीयवासीले खबर गरेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ । ढुङ्गाले छोपेर राखिएको अवस्थामा शव भेटिएकाले कसैले हत्या गरेर ओढारमा राखेको हुनसक्ने अनुमान गरिएको छ ।

टाउको र कुम देखिएको अवस्थामा भेटिएको शव सडेको थियो । धजेन्द्रसँगै वैशाख १४ गतेदेखि देवीस्थानका अन्य चार युवा सम्पर्कविहीन छन्् । मृतकका दाजु तिलक पुनले प्रहरीमा दिएको जाहेरीका आधारमा अनुसन्धान र संलग्नको खोजी थालिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताउनुभयो ।

यसैबीच देवीस्थानमै वैशाख १४ गते नै ११ वर्षीया बालिकालाई बलात्कार भएको छ । स्थानीयवासी २१ वर्षीय विजय विकले बलात्कार गरेको पीडितका आफन्तले वैशाख १९ गते प्रहरी कार्यालयमा दर्ता गरेको जाहेरीमा उल्लेख छ । विजयले पैसाको प्रलोभनमा पारेर बलात्कार गरेको पीडितको भनाइ छ । विजयको खोजी र घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो ।

देवीस्थानमा एकै दिन दुई वटा अपराध भएका छन् । वैशाख १४ गते त्यहाँ छिमेकमा विवाह थियो । बलात्कारको शिकार बनेकी बालिका विवाहमा गएकी थिइन् । दुवै घटनाका बारेमा आइतबार प्रहरीले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो ।  रासस

Related News

सम्बन्धित समाचार

    • ५ वर्षीया बालिकाको हत्या

      रासस असार ५, २०७८
      सप्तरी । सप्तरीमा नौ वर्षीया बालिकाको आज विभत्स हत्या भएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारी…
    • सामूहिक बलात्कारका अभियुक्त पक्राउ

      रासस असार ४, २०७८
      सप्तरी । दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।…
    • बन्चरो प्रहार गरी श्रीमतीको हत्या

      रासस असार ४, २०७८
      देउखुरी । घोराहीमा बञ्चरो प्रहार गरी श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले…
    • राउटे युवतीमाथि हिंसा गर्नेलाई कडा कारबाहीको माग

      रासस जेठ ३०, २०७८
      काठमाडौं । लोपोन्मुख राउटे समुदायका दुई युवतीलाई सुर्खेतमा मदिरा खुवाएर यौन दुव्र्यवहार गरेको भिडियो गत आइतबार सार्वजनिक भयो । मदिराको…
    • श्रीमतीलाई नदीमा फाल्ने पक्राउ

      रासस जेठ २८, २०७८
      गोरखा । श्रीमतीलाई तन्नामा पोको पारेर मस्र्याङदी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ । पालुङाटार नगरपालिका–७,…

    hero news full width

    sanil ads

    wordlink ads