पोखरा । १० दिनअघि मन्त्री बनेका राजीव गुरुङ उर्फ दीपक मनाङेले मुख्यमन्त्रीको राजीनामा बारे आफूलाई केही थाहा नभएको बताएका छन् । उनी भन्छन्, ‘मैले त पहिले नै भनेको थिएँ । बरु एक दिन बढी मन्त्री भएँ ।’
उनलाई सरकार ढल्नु र उठ्नुसँग खासै चासो छैन । उनले मन्त्रीमा नियुक्त भएकै दिन पत्रकारसँग भनेका थिए, ‘यो सरकार दुई हप्तामा पनि जान सक्छ । १० दिनमा पनि जान सक्छ ।’
मनाङेले त्यतिबेला कुनै आंकलन गरेका थिए वा थिएनन्, तर उनको बोली पूरा भएको छ ।
उनले नयाँ सरकार आउँदा आफू मन्त्री नबन्ने प्रष्ट पारेका छन् । ‘मैले केहि सोचेको छैन, मुभी हेरेर बसिरहेको छु । अहिले मन्त्री बनेको मान्छे भोलि अर्कोतिर पनि जाने भन्ने हुँदैन । जे पायो त्यहि गर्न त भएन नि,’ उनले भने, ‘अब उनीहरुले राम्रोसँग चलाउँछन् । हामी आईडिया दिन्छौं । त्यति नराम्रो छैन । लामो गएको भए धेरै काम गर्न सक्थें ।’ मनाङेले आफु मन्त्री नभएपनि केहि फरक नपर्ने बताए । ‘आफ्नो काम छोड्नु हुँदैन । मन्त्री नभएर के फरक पर्छ र ? सांसद हो, काम गरिरहन्छु नि,’ मनाङेले भने ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
hero news full width
मुख्य समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१