ओली–नेपाल जुटेन सहमति, राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिन हेलिकोप्टरमा गए गृहमन्त्री

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०७८
badal

पोखरा । गृहमन्त्री रामबहादुर थापा राष्ट्रिय सभा सदस्यमा मनोनयन दर्ता गर्न हेटौंडा गएका छन्। आज उनी हेलिकप्टरमार्फत् नेताहरूसहित हेटौंडा गएका हुन् ।

एमाले नेता सुवास नेम्वाङका अनुसार बालुवाटारमा भएको बैठकले रामबहादुर थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए ।

बागमती प्रदेश राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता आज हुँदैछ। जेठ ६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने मिति तोकेको हो ।

एमाले माधव नेपाल, माओवादी र नेपाली कांग्रेसले भने डा. खीमलाल देवकोटालाई उम्मेवार बनाउने भएको छ । उनी बिहीबार साँझ नै हेटौंडा पुगिसकेका छन् ।

उम्मेदवारले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफ्नो मनोनयन दर्ता गर्न सक्ने छन् ।

Related News

सम्बन्धित समाचार

  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…
  • सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सराङकोट धार्मिक पर्यटकीय क्षेत्र बन्दै गएको बताएका…
  • पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय आयोजनामा लम्भी हिलमा बिहीबारदेखि श्रीमद्भागवत् गीता ज्ञानमहायज्ञ सुरु भएको छ । कलश यात्रा गरी सुरु…

hero news full width