आगलागी पीडित परिवारको बिचल्ली

rss रासस
वैशाख २०, २०७८
fire

रोल्पा । यही वैशाख १३ देखि १६ गतेसम्म भएको भीषण आगलागीबाट घरसम्पत्ति गुमाएका त्रिवेणी र रुन्टीगढी गाउँपालिकाका ३७ घरपरिवार बिचल्लीमा परेका छन । आगलागीबाट घर गुमाई खुला आकाशमा बस्न बाध्य उनीहरुलाई केही दिनयता परेको अविरल वर्षाका कारण पीडा थपिएको छ ।

घरसँगै लत्ताकपडा, अन्नपात र नगद सबै जलेर नष्ट भएपछि सडकमा बस्न वाध्य उनीहरुलाई सामान्य राहत उपलब्ध भए पनि ओत लाग्ने घरको अभावले दिनचर्या जटिल बन्दै गएको छ ।नेपाल रेडक्रस सोेसाइटी रोल्पा, प्रतिनिधिसभा सदस्य वर्षमान पुन तथा प्रदेशसभा सदस्य दीपेन्द्र पुन र सम्बन्धित वडाका वडा कार्यालयले प्रतिपरिवार एकएक बोरा चामल उपलब्ध गराए पनि बास गुमाएका उनीहरुको दिनचर्या निकै कष्टकर देखिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो ।

नेकपा (एमाले) को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल रोल्पाले आगलागी पीडित परिवारका १७० व्यक्तिका लागि रु दुई लाख बराबरको लत्ताकपडा वितरण गरेको छ । एमाले लुम्बिनी प्रदेश समितिका सचिवालय सदस्य ईश्वरी घर्तीका अनुसार आगलागी पीडितका मागका आधारमा युवा सङ्घले उक्त राहत हस्तान्तरण गरेको हो ।

विभिन्न व्यक्ति तथा संस्थाले दिएको राहतले बिहानसाँझको छाक टार्न सहज भए पनि ओत लाग्ने छानो नहुँदा उनीहरुको दैनिकी कष्टकर भएको नेतृ घर्तीले बताउनुभयो । वर्षात्को समय नजिकिँदै गएकाले उनीहरुलाई सुरक्षित बासका लागि पहल भइरहेको उहाँको भनाइ छ ।

बस्ती नजीकैबाट सल्किएको आगलागीबाट त्रिवेणी २, ३ र ६ का चेत्रे, धानवाङ, कापडाँडा, पिराले, बुर्तिवाङ तथा रुन्टीगढी ९ गुनामका ३७ घर र ११ गोठ जलेर नष्ट भएका थिए । आगलागीबाट गोठमा बाँधिएका पशु समेत जलेर नष्ट भएका थिए । लामो समयको खडेरीसँगै लागेको आगो नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयवासीले प्रयास गरेका थिए । चार दिनसम्म लागेको आगो वर्षात् शुरु भएपछि भने नियन्त्रणमा आएको थियो ।

आगलागीबाट रोल्पामा हरेक वर्ष ठूलो मात्रामा धनजनको क्षति हुन्छ । भिरालो जमीन र सल्लाको वन भएका कारण जिल्लाका वन क्षेत्र आगलागीको उच्च जोखिममा छन् । रोल्पामा ४५ प्रतिशत सल्लाको र २२ प्रतिशत मिश्रित वन रहेको डिभिजन वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । प्राकृतिक र मानवीय कारणबाट आगलागी हुने गरे पनि यहाँ हुने शतप्रतिशत आगलागी मानवीय कारण हुने गरेको डिभिजन वन अधिकृत दधिलाल कँडेलले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

    • लकडाउनमा सुनसान बेनी बजार (तस्बिर सहित )

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २३, २०७८
      म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा लकडाउन (निशेधाज्ञा) जारी भएपछि सुनसान देखिएको छ । बेनी नगरपालिकाको प्रस्तावमा जिल्ला प्रशासन कार्यालयले नगरपालिका…
    • सङ्क्रमित बोक्नै मान्दैनन् एम्बुलेन्स चालक

      rss रासस वैशाख २३, २०७८
      डोटी । पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित हुनेको दर वृद्धि हुँदै गएको छ । जिल्लामा स्वास्थ्य उपचार गर्न समस्या भएपछि…
    • कोभिडविरुद्ध जुध्न सकस

      सविन लामिछाने सविन लामिछाने वैशाख २३, २०७८
      दमौली  । तनहुँमा कोरोना संक्रमितको संख्या बढेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या एक सय नाघेको छ । बुधबार साँझसम्म…
    • धौलागिरि गाउँपालिकाका सबै सेवा बन्द

      sadhanramjali साधन राम्जाली वैशाख २३, २०७८
      म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको कार्यालय, वडा र विषयगत सेवा केन्द्रका कार्यालय बन्द हुने भएका छन् । गाउँपालिकाभित्र समुदायस्तरमा कोरोना…
    • गाउँलेले खोले कोभिड अस्पताल

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २३, २०७८
      हेमजा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा ५ शैयाको कोभिड अस्पताल स्थापना गरिएको छ । ढिकुरपोखरीस्थित दिगो महिला विकास बचत तथा ऋण…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग