पोखरा । पृथ्वीनारायण क्याम्पस नेपाली विभागमा शनिबार सीता–तीर्थ अधिकारी छात्रवृत्ति कोष स्थापना गरिएको छ ।
आफ्ना साहित्यिक पुस्तकसहित साहित्यकार तीर्थराज अधिकारी र उनकी पत्नी सीतादेवी अधिकारीले कोष स्थापनार्थ विभागीय प्रमुख प्राडा कुसुमाकर न्यौपानेलाई ५० हजार हस्तान्तरण गरेका हुन् ।
स्नातक तह अध्ययनरत मेधावी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरी छात्रवृत्ति कोष स्थापना गरिएको विभागीय प्रमुख न्यौपानेले बताए ।
स्नातकोत्तर तहका विद्यार्थीका लागि पूर्व विभागीय प्रमुख कृष्णप्रसाद पौडेलले कोष स्थापना गरिसकेको र स्नातक तहका विद्यार्थीका लागि पनि कोष स्थापना हुनु गौरवको विषय भएको उनले बताए ।
अनेसास गण्डकी अध्यक्ष दुर्गाबहादुर शाह बाबाले नेपाली मुक्तकलाई विश्व साहित्यमा पुर्याउने प्रथम प्रयोक्ता अधिकारी साहित्यका ‘तीर्थ’ नै भएको बताए । उनले अधिकारीलाई साहित्य, शिक्षा र समाजसेवाका त्रिवेणीका रुपमा चिनाए ।
लघुकथा प्रतिष्ठान सचिव कल्याण पन्तले अधिकारीका मुक्तकवाचन गर्दै अनेसासबाट मुक्तकमणि उपाधिबाट विभूषित अधिकारीको ‘साधनाको स्वर्ण वर्ष ः मुक्तकमणि तीर्थराज अधिकारी’ समीक्षाग्रन्थ प्रकाशन तयारीमा रहेको जानकारी गराए ।
नेपाल सरकारको उपसचिवबाट सेवानिवृत्त अधिकारी अहिले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रष्टीज सदस्य छन् । उनका झन्डै दर्जन कृति प्रकाशित छन् । अंगेजी–नेपाली दुवै भाषामा मुक्तक कृति प्रकाशन गर्ने प्रथम प्रयोक्ता अधिकारी अनेसासबाट मुक्तकमणि उपाधिबाट विभूषित स्रष्टा हुन् ।
समारोहमा कोष संस्थापक सीतादेवी अधिकारी, विभागीय सदस्य सहप्राध्यापक पुण्यप्रसाद शर्मा, उपप्राध्यापक निर्मल सापकोटा, नारायण न्यौपाने, अनेसास गण्डकीका पदाधिकारी लगायतले बोलेका थिए ।
पृथ्वीनारायण क्याम्पस नेपाली विभागले विभागीय पुस्तकालय सञ्चालन सहितका विविध गतिविधि सञ्चालन गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
भद्रकाली माविको ७३ औं वार्षिकोत्सव
रुपाताल संरक्षण परियोजना निर्माणमा जोड
काटिएका रुखका मुढा जफत
नातिहरुसँग जन्मदिन, सहारा एकेडेमीमा नगद सहयोग
बालोदयमा इन्टेलेक्ट स्फेयर
hero news full width
मुख्य समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१