बागलुङ । बागलुङ उद्योग बाणिज्य संघले जिल्लामा काेराेना भाइरस काेभिड १९ काे नया भेरियन्ट तिब्रगतिमा फैलिएपछि काेराेना बाट सुरक्षित रहनकाे लागि बागलुङ जिल्ला एकसाताकाे लागि बन्दाबन्दी गर्न सिफारिस गरेको छ ।
बागलुङ उद्योग बाणिज्यमा भएको बस्तुगत संघका प्रतिनिधि सहितको बैठकले जिल्लाका सम्पूर्ण स्थानीय तहसंग समन्वय गरि बागलुङ जिल्ला लाई सुरक्षित बनाउन ७ दिनको लागि बन्दाबन्दी गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताए ।
जिल्लामा रहेका अस्पताल तथा स्वास्थ्य संग सम्बन्धित ब्यवसायीहरूले दिदै आएको बिशेषज्ञ सेवालाई केही समय स्थगन गरि काेभिडका विरामीकाे सेवामा जुट्न अनुरोध गरेको अध्यक्ष राजभण्डारीले बताए ।
बैठकले जिल्लामा रहेका सम्पूर्ण उद्भमी ब्यवसायी श्रमिकको पिसिआर जाँच गर्ने ब्यबस्था मिलाउन जिल्लामा रहेका बैंक तथा बित्तिय संस्थाकाे काराेवार बन्द गर्न किस्ता ब्याज भुक्तानी तालिकालाइ विना जरिवाना बन्दाबन्दीकाे समय अनुसार ब्यबस्थापन गर्न अनुरोध गरेको बागलुङ उद्योग वाणिज्य संघका महासचिव नरेश कँडेलले बताए ।
स्थानीय तहले लगाउदै आएको ब्यवसायीक कर घरजग्गा भाडा कर लगायतका स्थानीय कर मिनाहा गर्न उद्धमी ब्यवसायी श्रमिक लाई काेराेनाकाे खाेपकाे व्यवस्थापन गर्न माग गरेको महासचिव कँडेलले बताए ।
बागलुङ जिल्लामा बाहिरबाट भित्रीने ब्यक्तिहरूकाे लागि क्वारेन्टाइन ,आश्रय स्थलहरू विभिन्न नाकामा निर्माण गरि सुरक्षित गन्तव्यकाे वातावरण सृजना गर्न समेत माग गरेको छ ।
बागलुङ जिल्लामा काेराेनाकाे जाेखिम दिन दुई गुना रात चाैगुना बढेपछि जनतालाई सुरक्षित बनाउन जिल्ला बन्दाबन्दी गर्नुपर्ने चाैतर्फि माग भएपनि सरकारले २०० जना सक्रिय संक्रमित देखिएको खण्डमा मात्र जिल्लामा निषेधाज्ञा जारी गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी लाई दिएको कारणले निर्णय नभएको प्रशासनले जनाएको छ ।
बागलुङ उद्योग बाणिज्य संघले गरेको निर्णयपछि जिल्ला प्रशासनले बैठक बसि बन्दाबन्दी बारे निर्णय गर्ने जनाएको छ ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
hero news full width
मुख्य समाचार
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१