पोखरा । कास्कीमा शुक्रबारमात्र १ सय ६३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यो संख्या बिहीबारको तुलनामा दोब्बरभन्दा बढी हो । बिहीबार कास्कीमा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रदेशस्तरमा बिहीबार १ सय ७२ थिए भने शुक्रबार २ सय ७४ जना संक्रमित थपिएका छन् । कोरोनाकै कारण कास्कीमा २ दिनअवधिमा ३ जनाको मृत्यु भएको छ । यसरी कास्कीमा कोरोना पोजेटिभ देखिनेहरु बाहिरी जिल्लाबाट आएर बसेका साथै कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु धेरै रहेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोदबिन्दु शर्माले बताउँछन् ।
स्वास्थ्य मापदण्डका सावधानीबिनै बाहिरी जिल्लाबाट कास्की प्रवेश गर्ने बढेका छन्
यसरी बढिरहेको संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या न्यूनीकरणका लागि कास्की प्रशासनले वैशाख १५ गतेदेखि निषेधाज्ञा जारी गर्यो । निषेधाज्ञामा अत्यावश्यकबाहेक घर बाहिर नहिँड्न आदेश दिइएको थियो । सवारीमा जोर बिजोर प्रणाली पनि लागु गरियो । सडकमा केही अत्यावश्यकबाहेकका अरु सवारी जोरबिजोर प्रणालीमा चलेका छन् । अघिल्लो वर्षको लकडाउनको मार खेपेकाहरु पहिलाजस्तै दुख पाइने चिन्ताले जोरबिजोर सवारी प्रयोग गरेरै पोखरा छाड्न र भित्रन हतारिएका छन् ।
यहीबीचमा स्वास्थ्य मापदण्डका सावधानीबिनै बाहिरी जिल्लाबाट कास्की प्रवेश गर्ने बढेका छन् । कोरोना संक्रमणको जोखिमस्थलबाट आए पनि उनीहरूको स्वास्थ्यको कुनै परीक्षण भएको छैन । पेसा, व्यवसाय र अध्ययनका लागि बाहिरी जिल्ला गएकाहरू सामान्य ज्वरो, रूघाखोकी लागेकासमेत सवारी साधन चढेर आएका छन् । स्वास्थ्य समस्या देखिएकाले समेत मास्क नलगाउने, जथाभावी हाछ्युँ गर्ने गुनासो यात्रुले नै गरेका छन् । सवारी साधनमा ठेलमठेल गरेरमात्रै नभई ट्रक र जिप चढेरसमेत जिल्ला प्रवेश गरेका छन् ।
कास्कीमा निषेधाज्ञा लागु भएपछि पोखरा छिर्ने ३ नाका प्रयोग गरेर १ हजार १ सय ६५ साना ठूला सवारी प्रवेश गरेको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मनोजकुमार शाहीले जानकारी दिए । शुक्रबार १२ बजेसम्म याम्दी नाकाबाट २ सय ८०, छोरेपाटनबाट ७०६ र कोत्रे नाकाबाट ७ सय ६ सवारी पोखरा भित्रिएको शाहीले जानकारी दिए । ‘३ दिनमा पोखरामा ११ सय ६५ सवारी भित्रिएका छन्,’ उनले भने, ‘पोखरा भित्रिएकाहरु सबै पोखरा नै बस्छन् भन्ने छैन, पोखरा हुँदै तिनै सवारी अरु जिल्ला पनि गएका हुन्छन् ।’
ती सवारीबाट करिब ३० हजार यात्रु पोखरा भित्रिएका छन् । ती मध्ये ५ हजार पोखरा नै झरेका छन्, निजी सवारी प्रयोग गरेर आउने उत्तिनै होलान् । उनीहरुमध्ये कतिलाई रुघा, खोकी, ज्वरोको समस्या थियो, तथ्यांक कुनै निकायसँग छैन । यात्रु कसैको स्वास्थ्य जाँच पनि गरिएको छैन । गतवर्ष लकडाउनको समयमा जिल्ला भित्रने र बाहिरिने यात्रुको स्वास्थ्य जाँचका लागि यात्रु हेल्प डेस्क राखेर जाँच गरिएको थियो । बुधबारदेखि भएको निषेधाज्ञामा कुनै तयारी गरिएको छैन । बिना चेकजाँच यात्रुहरु डरैडरमा पोखरा भित्रिएका छन् ।
काठमाडौं, चितवन, बागलुङसहित तराईका जिल्लामा कोरोना संक्रमण बढेपछि रातारात सवारी साधन रिजर्भ गरेरसमेत आउने गरेको उनले बताए । सवारी साधनमा सेनिटाइजरको व्यवस्थापन गरिएको छैन । सामाजिक तथा भौतिक दूरी कायम गरिएको छैन । अझ कतिपयले त मास्कबिनै गाडीमा हिँडेका छन् । मास्क नलगाउनेलाई ‘तपाईंको मास्क खोइ ?’ अभियान चलाएरै सचेत गराएको शाहीले जनाए ।
पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष शंकरप्रसाद बास्तोलाले प्रशासनले बिना तयारी निषेधाज्ञा गरेको बताए । ‘गाडीभित्र कोचाकोच छ । न मास्क छ, न दूरी कायम छ,’ उनले भने, ‘यस्तो तरिकाले कोरोना भयावह हुने स्थिति छ ।’ स्वास्थ्य परीक्षण गर्ने र शंकास्पदलाई कोरोना परीक्षण गर्ने वातावरण मिलाएमा राम्रो हुने उनले बताइन् । यो विषयमा महानगरले पनि कुनै तयारी नगरेको उनको भनाइ छ । ‘मेरै वडामा पनि कति आएका छन् मलाई नै थाहा छैन’, उनले भने, ‘महानगर चनाखो भएर लाग्ने हो भने हामी साथ दिन तयार छौं ।’ योभन्दा अघि वडामा देखिएका कोरोना संक्रमितहरु जिल्ला बाहिरबाट आएकाहरु धेरै भएको कारण बाहिरबाट आउनेहरुको हकमा जिल्ला प्रशासन र महानगर चनाखो भएर नलागे स्थिति भयावह हुने उनको आकलन छ ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले अहिलेको समयमा जिल्ला प्रवेशमा कसैलाई रोक नलगाएको जानकारी दिए । यो विषयमा अनुगमन गरेर त्यही अनुसार योजना बनाउने गौतमले बताए । ‘२० गतेसम्म हामीले हेर्छौं, के भइरहेको छ,’ उनले भने, ‘त्यसपछि कसरी जाने सल्लाह गर्छौं ।’
Related News
सम्बन्धित समाचार
शिव शक्तिमा नवआगन्तुक विद्यार्थीको स्वागत, विद्यार्थीलाई रोजगार सुनिश्चित
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
hero news full width
मुख्य समाचार
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१