मन्त्री बने मनाङे

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७८
dipak manage

पोखरा । स्वतन्त्र सा‌‌सद राजीव गुरुङ ‘दीपक मनाङे’ गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

उनलाई गण्डकी प्रदेश प्रमुखले बिहीबारै सपथ खुवाएका छन् । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबारै उनलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

सामाजिक विकास मन्त्रालयलाई फुटाएर मनाङेलाई खेलकुद मन्त्री बनाइएकाे हाे ।

राजीव गुरुङ मनाङको प्रदेशसभा ‘ख’ बाट नेकपा एमालेकै समर्थनमा चुनाव जितेका हुन् ।

मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव पेश भएको समयमा आफ्नो पक्ष बलियो बनाउन मन्त्रालय फुटाएर उनलाई मन्त्री बनाउन लागिएको विपक्षीको आरोप छ ।

शपथ ग्रहण कार्यक्रममा सभामुख र प्रतिपक्षी दल भने सहभागी भएका थिएनन् ।

यसअघि माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएपछि दुई मन्त्रालय खाली छन् ।

भूमि व्यवस्था कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नेतृत्व माओवादीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width