प्रेस्किप्सनबिना औषधी बेच्नेलाई कारवाही

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७८
cannabis-and-other-drugs-5-1024×640

पोखरा । प्रेस्किप्सन बिना औषधी बेच्ने आयुर्वेद फार्मेसीमा सोमबार सिलबन्दी गरिएको छ । पोखरा महानगरपालिका–१४ स्थित जीवन सुनारको नाममा रहेको रक्त आयुर्वेद फार्मेसीमा चिकित्सकको प्रेस्कृप्सन बिना बेच्न नहुने औषधी बेचबिखन गरेको भन्ने सूचनाका पुगेका अनुगमन टोलीले सिलबन्दी गरेको हो ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोली, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी, पोखरा महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष, स्वास्थ्य कार्यालयका प्रतिनिधि टोलीमा सहभागी थिए ।

चिकित्सकको प्रेस्कृप्सन बिना औषधी बेचेको पाइएको, सम्बन्धित सञ्चालक बाहेक अर्कै व्यक्तिले फार्मेसी सञ्चालन गरेको पाइएकोले उपस्थित व्यक्तिहरुको रोहबरमा उक्त औषधी पसल सिल गरेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

hero news full width