‘मास्क खोइ?’ गोजीमा

सविन लामिछाने
वैशाख १४, २०७८
mask

दमौली । तनहुँको व्यास नगरपालिका ३ बीसघरेका रमेश परियार श्रमिक हुन् । उनी दैनिक तरकारी ओसार्ने काममा खटिन्छन् ।सधैंजस्तै पृथ्वी राजमार्गअन्तर्गत व्यास ४ मा ४-५ जना श्रमिकसहित रिक्सामा तरकारी लिएर सोमबार पनि आफ्नो गन्तव्यतर्फ लागेका छन् उनी । उनीहरुलाई मास्क लगाउन कठिन लाग्छ । ‘मास्क लगाउँदा सास फेर्न धौ भएजस्तो हुन्छ । बानी परेको छैन । मास्क घरमै छुट्यो’, परियारले भने, ‘मास्क लगाउनुपर्छ भन्ने थाहा छ तर, सास थुनिएको जस्तो हुन्छ ।’

विकल पनि श्रमिक हुन् । उनले ‘मास्क खोइ ?’ भनेपछि मात्र गोजीबाट निकालेर लगाए । श्रमिकस्तरमा मास्क किन लगाउनुपर्छ भन्नेबारे अझै जानकारी पुगेको छैन । अशिक्षित, नबुझेकाले मात्र होइन बुझक्कडले समेत अरुका लागि मास्क लगाइदिए जस्तो गर्छन् । ‘मास्क सबैले अनिवार्य लगाउनुपर्छ भनेर भनिरहेका छौं । अझ समूहमा काम गर्दा त मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्छ भनेर बताएका छौं । केहीले नियम पालना गर्नुहुन्छ । धेरैजसो त अटेरी गर्नुहुन्छ,’ स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले भने ।

शिक्षित र बुझक्कडले समेत अरुका लागि मास्क लगाइदिएजस्तो गर्छन्

जिल्ला स्वास्थ्य कार्यालय तनहुँ र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा सोमबार दमौली बजारमा ‘तपाईंको मास्क खोइ ?’ अभियान सुरुआत गर्दा रमेश र विवेक भेटिएका हुन् । कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र फैलिरहेको हुनाले तनहुँमा पनि ‘तपाईंको मास्क खोइ ?’ अभियान थालिएको हो । अभियान सुरु गर्दा अधिकांशले मास्क प्रयोग नगरेको पाइयो । प्रहरी प्रमुख अरुण पौडेलले ‘सोमबारबाट सुरु गरिएको अभियानमा करिब ५० प्रतिशतले मास्क लगाएको पाइएको छ भने ३० प्रतिशतले खल्तीमा मास्क राखेको तर नलगाएको र बाँकी २० प्रतिशतसँग मास्क नै नभएको पाइएको छ ।’ ‘कोरोनाको जोखिम बढेको छ, सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ, ’ पौडेलले भने, ‘सुरु सुरुमा मास्क लगाउन आग्रह गरिनेछ, अटेरी गर्नेलाई जरिवाना गर्नेछौं ।’

भीडभाड हुने बजार, विद्यालय, सार्वजनिक यातायातलगायत विभिन्न स्थानमा स्वास्थ्य मापदण्ड पालना भएकै छैन । लापरबाहीले स्वास्थ्य जोखिम बढाएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारीले बताए । ‘बिरामी भएपछि मात्रै हतार गर्ने हाम्रो बानी छ,’ उनले भने, ‘भिडभाड रोक्नुपर्छ, जहाँ जोखिम छ त्यहाँ जानुहुँदैन ।’

दमौलीमा सुरु भएको मास्क खोइ अभियानमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बराल, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल लगायत सहभागी थिए । उक्त अभियानमा सर्वसाधारणलाई मास्क लगाउन सचेतना जगाउँदै निशुल्क रुपमा मास्कसमेत वितरण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । विश्व सिमसार दिवस अवसरमा पोखराको प्रतिभा माविमा जलवायु परिवर्तन, सिमसार क्षेत्रको संरक्षणलगायत विषयमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • ‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । त्रिभुवन विश्वविद्यालय परिसरमा प्रहरी कार्यालय खडा गरिएपछि त्यसको विरोध भएको छ । नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति,…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • नमस्ते हस्पिटल १३ औं वर्षमा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । नमस्ते हस्पिटल एण्ड रिसर्च सेण्टरले १३ औं स्थापना दिवस सोमबार मनाएको छ । दिवस अवसरमा नवनिर्मित अत्याधुनिक भवनसमेत…

hero news full width