एभरेस्ट बैंकको शाखा बिस्तार

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७८
Everest bank

दमौली  । एभरेस्ट बैंक लिमिटेडले अत्याधुनिक बैंकिङ सेवा सुविधा उपलब्ध गराउन दमौलीमा १०३ औं शाखा उद्घाटन गरेको छ ।

व्यास नगरपािलकाका मेयर बैकुण्ठ न्यौपाने, एभरेस्ट बैंकका गण्डकी प्रदेश प्रमुख राजु गौलीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, व्यास २ का वडाध्यक्ष काशीराम श्रेष्ठ, एभरेस्ट बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समारोहमा कन्ट्याक्टलेस पेमेन्ट प्रवद्र्धन गर्दै आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गराउने आश्वासनसाथ क्युआर कोड पनि हस्तान्तरण गरिएको छ ।

बैंकमा हालसम्म ११ लाखभन्दा बढी ग्राहक रहेका छन् । देशैभरि छरिएर रहेको आफ्नो १०३ शाखा सञ्जाल, प्रादेशिक कार्यालय, १ सय ३५ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट, एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आएको छ । बैंकले नेपाल सरकारको राजश्व संकलनका लागि ३१ संकलन केन्द्रबाट समेत सेवा दिँदै आएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति…
  • पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य

    आदर्श समाज सम्वाददाता माघ १८, २०८१
    पोखरा । भारतको राजस्थान राज्यको उदयपुर संभाग क्षेत्रका महिलाहरु परम्परागत रुपले टाउकोमा ८/९ वटा पानीको घडा (माटोको गाग्री) राखेर नाच्छन्…
  • पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति

    आदर्श समाज सम्वाददाता माघ १६, २०८१
    पोखरा । गण्डकी प्रदेश सरकारको गौरवको आयोजना हो–प्रदेश औद्योगिक क्षेत्र निर्माण । २०७४ सालमा सरकार गठन भएकै समयमा नवलपुरको लोकाहाखोला…
  • नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नदीपुरस्थित नेपाल भारतमैत्री पुस्तकालय सहजरुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री…
  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…

hero news full width