काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कोरोनाका कारण पर्यटन र चलचित्र क्षेत्र सङ्कटमा परेको बताउनुभएको छ ।
द स्काइ मुभिज प्रालि र उमा फिल्मस् प्रालिले संयुक्त रुपमा निर्माण गरेको ‘त्यो तिम्रो चोखो प्रेमको नजर।।।’ म्यूजिक भिडियोको आज यहाँ सार्वजनिक गर्दै उहाँले पर्यटन र चलचित्र क्षेत्र कोरोनाका कारण नराम्ररी प्रभावित हुन पुगेको बताउनुभएको हो । “तङ्ग्रीन लागेको पर्यटन र चलचित्र क्षेत्र फेरी कोरोनाको मारमा परेको छ, पर्यटन र चलचित्र क्षेत्रमा परेको समस्या समाधानका लागि महासङ्घले पहल गर्छ”, उहाँले भन्नुभयो ।
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले स्वास्थ्य मापदण्डलाई पालना गर्दै चलचित्र क्षेत्रलाई अगाडि बढाउन सरकारले विशेष योजना ल्याउनुपर्ने बताउनुभयो । विगत १४ महिनादेखि नेपालको चलचित्र क्षेत्र अस्तव्यस्त बन्दै गएको उहाँको भनाइ थियो ।
नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष एवं आज सार्वजनिक भएको म्युजिक भिडियोका निर्माता आकाश अधिकारीले सरकारले नेपाली चलचित्र क्षेत्रको विकासका लागि वार्षिकरुपमा विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घ, चलचित्र क्षेत्रका संयोजकसमेत रहनुभएका अधिकारीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न पहल गर्नुपर्ने उल्लेख गर्नुभयो ।
चलचित्र सङ्घका अध्यक्ष मधुसुदन प्रधान, नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गर्भनर चिन्तामणि सापकोटा, उमा फिल्मस् प्रालिका अध्यक्ष उमा गिरी, नेपाली सेनाका मेजर डीबी खड्कालगायतले राष्ट्रप्रति आस्था र योगदान झल्केको उक्त म्यूजिक भिडियोलाई राष्ट्रिय महत्वको गीतमा समावेश गर्नुपर्ने बताउनुभएको थियो । चलचित्र र पर्यटन क्षेत्रलाई जोडेर निर्माण गरिएको उक्त देशभक्ति गीत राराताल वरपर छायाङ्कन गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१