रासायनिक मल कारखाना सञ्चालनमा ल्याइँदै

rss रासस
वैशाख १०, २०७८
Chemical sewage

कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड ७५ लाख लगानीमा नेपाल फर्टिलाइजर इण्डस्ट्रिज प्रालिले मल कारखाना सञ्चालन गर्न लागेको हो ।

कारखानालाई असार महिनाभित्रै सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको छ । कारखानाले पहिलो चरणमा पोटास, एनटिके र डिएपी मल उत्पादन गर्ने लक्ष्य लिएको छ । “पोटास मल असारदेखि उत्पादन गर्छौँ”, कारखानाका सञ्चालक उमाकान्त जोशीले भन्नुभयो, “आउँदो मङ्सिर, पुसभित्रै अरु दुई मल उत्पादनको काम अगाडि बढाइन्छ ।”

मलका लागि आवश्यक पर्ने कच्चा पदार्थका रूपमा बैतडीमा रहेको फस्फोरसको प्रयोग गरिने उहाँले बताउनुभयो । कारखानाका लागि आवश्यक पर्ने अन्य रासायनिक पदार्थ, मेसिनलगायत जर्मनीबाट ल्याउने योजना कारखाना सञ्चालकको छ । कारखानाले वार्षिकरूपमा १० हजार मेट्रिक टन मल उत्पादन गर्ने लक्ष्य लिएको छ । कारखानाका लागि भौतिक संरचना निर्माण शुरुआतको काम भइसकेको छ । स्वदेशी कच्चा पदार्थको प्रयोग गरी सञ्चालन गरिने मल कारखाना नेपालकै पहिलो हुने सञ्चालकहरुको दाबी छ ।

कारखाना रहने जग्गाको क्षेत्रफल सात हजार ५०० वर्गफिट रहेको छ । साझेदारी फार्मका रूपमा दुई उद्योगीले कारखाना सञ्चालन गर्दैछन् । उद्योगमा प्रत्यक्षरूपमा ५० भन्दा बढीले रोजगारी पाउनेछन् ।

कृष्णपुर नगरपालिकाका प्रमुख कर्णबहादुर हमालले कारखानलाई नगरकै गौरवको योजनाका रूपमा लिएको बताउनुभयो । “बाली लगाउने बेला किसानलाई रासायनिक मल नपाउँदा निकै सास्ती हुँदै आएको छ”, उहाँले भन्नुभयो, “मल कारखानाले गुणस्तरीय मल उत्पादन गरे । सुदूरपश्चिम प्रदेशकै किसानले राहत पाउँछन् ।” कारखाना सञ्चालनका लागि नगरपालिकाबाट हुनसक्ने सहयोगका लागि सधैँ प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

    • प्रदेश खेलकुदले सार्वजनिक गर्‍यो लोगो, रणनीतिक कार्ययोजना तय

      Avatar आदर्श समाज सम्वाददाता जेठ १, २०७८
      पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले आफ्नो लोगो सार्वजनिकसँगै रणनीतिक कार्य योजना तय गरेको छ । जुममार्फत् शनिबार सम्पन्न एक…
    • फेदीखोलामा कृषि एम्बुलेन्स, किसानलाई राहत

      भवानी अधिकारी भवानी अधिकारी वैशाख २९, २०७८
      स्याङ्जा । किसानका उत्पादनलाई खेर जान नदिन फेदीखोला गाउँपालिकाले ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस संक्रमण बढ्नेक्रम जारी…
    • असिनाले बालीमा क्षति

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २५, २०७८
      हेमजा । शनिबार दिउँसो परेको असिना पानीले माछापुच्छे« गाउँपालिका–७, धम्पुसमा ठूलो क्षति पु¥याएको छ । बढ्दै गरेका मकै, घिरौला, काक्रो,…
    • कृषकलाई प्रोत्साहन रकम

      rss रासस वैशाख २५, २०७८
      दमौली । तनहुँको घिरिङ गाउँपालिकाले लसुन र प्याज खेती गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ । कृषकलाई नगदे बालीतर्फ…
    • वालिङका उद्यमीलाई कृषि औजार

      Avatar आदर्श समाज सम्वाददाता वैशाख १७, २०७८
      वालिङ । वालिङका उद्यमीलाई कृषि औजार वितरण गरिएको छ । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) को आर्थिक…

    hero news full width

    Fishtail

    sanil ads

    wordlink ads

    trending post