पत्रकार महासंघ स्याङ्जामा सपथ तथा पदस्थापन

Avatar आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७८
Patrakar

स्याङ्जा । नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको पाँचौं अधिवेशनवाट निर्वाचित पदाधिकारी तथा सदस्यको सपथ तथा पदस्थापन बुधबार भएको छ ।

गत २५ गते सम्पन्न निर्वाचनमा निर्वाचित जिल्ला कार्य समितिका सदस्यलाई निर्वाचन अधिकृत तुलसी गिरीले सपथ गराए । सपथ तथा पदस्थापनपछि सम्बोधन गर्दे नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले मुलुकले संघीय व्यवस्थाको कार्यान्वयन गरिरहेका बेला पत्रकार जगतले संघीयताको अनुभूत गर्न नपाएको बताए । उनले भने ‘प्रेस कार्डदेखि अन्य सेवाका लागि पत्रकारले अझै केन्दकै भर पर्नुपरेको छ ।’

मोफसलमा रहेर पत्रकारिता गर्नेहरुका पीडा र मर्का आफूले बुझेको बताउँदै अध्यक्ष पोखरेलले ती समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । पत्रकारका लागि स्वास्थ्य बिमा, व्यावसायिक पत्रकारिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आवाज उठाइ साकार बनाउने योजना रहेको अध्यक्ष पोखरेलको भनाइ छ । पे्रस स्वतन्त्रता संकुचन गर्ने गतिविधि विरुद्धका आवाज बुलन्द गराउँदै पत्रकारिताको विकासका लागि केन्द्रदेखि मोफसलका पत्रकारसँगसँगै हातेमालो गरेर हिँड्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय पूर्वउपाध्यक्ष गंगााधर पराजुली, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय छविलाल तिवारी र सरीता तिमिाल्सिना, नेपाली कांग्रेसका कार्यवाहक सभापति वुद्धिबहादुर राना (कुमार), नेकपा एमाले माधव नेपाल समूहका नेता राजेन्द्रप्रसाद मरासिनी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष भूमिजंग केसी, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य दीपक लम्साल, पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज सुवेदी लगायतले पत्रकार र पेसागत दायित्वका बारेमा सुझावसहित निष्पक्ष पत्रकारिताका आवश्यकताका बारेमा आआफ्ना धारणा व्यक्त गरे ।

पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष भवानी अधिकारीले स्वागत, पूर्व अध्यक्ष एवं गण्डकी प्रदेश सदस्य प्रकाश डोटेलले धन्यवाद एवं सहसचिव तोलाकान्त बगालेले गरेका थिए ।

यसैगरी, सोही कार्यक्रममा अध्यक्ष शर्माले नवनिर्वाचित अध्यक्ष श्रीकृष्ण सिग्देललाई महासंघको माइन्युट हस्तान्तर गर्दै सबैलाई समेटेर अघि बढ्न सुझाव दिए । स्याङ्जाको पाँचौ अधिवेशनले श्रीकृष्ण सिग्देलको अध्यक्षतामा निर्विरोध समिति चयन गरेको थियो । प्रेस युनियन र प्रेस संगठनका गठबन्धनले सिग्देललाई अध्यक्षमा निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा भवानी अधिकारी र राधाकृष्ष्ण डुम्रे, सचिवमा प्रतीक्षा काफ्ले, सहसचिवमा तोलाकान्त बगाले र भूपराज बस्याल, कोषाध्यक्षमा रमेश (एकबहादुर) गोदार निर्वाचित भएका छन् । यसैगरी, सदस्यमा अमृत अर्याल, खगेन्द्र भण्डारी, जोगराज पाठक, रामप्रसाद लामिछाने, रामु भट्टराई र शालिग्राम पोख्रेल, साधना न्यौपाने, थुमबहादुर (विनोद) रखाली, नारायण विश्वकर्मा छन् ।

यसैगरी, राष्ट्रिय परिषद सदस्यमा ओमप्रकाश शर्मा र रोशन लामिछाने, प्रदेश परिषद सदस्यमा चुत्रबहादुर महत र प्रेमनारायण रेग्मी र हिमाल न्यौपाने निर्वाचित भएका निर्वाचित अधिकृत अधिवक्ता तुलसी गिरीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

    • सर्वोच्चमा संवेदनशील र सार्वजनिक विषयमा सुनुवाइ हुने

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३१, २०७८
      पोखरा  । निषेध आदेश अवधिमा कतिपय विषयका मुद्दामा सुनुवाइ नगर्ने निर्णयमा सर्वोच्च अदालतले पुनर्विचार गरेको छ। अब आइतबारदेखि संवैधानिक व्याख्या, मौलिक…
    • प्रधानमन्त्रीले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३१, २०७८
      काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीस दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गनुपर्ने संवैधानिक स्थिति रहेको छ ।…
    • प्रधानमन्त्री ओलीले लिए सपथ

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३१, २०७८
      पोखरा । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् । शीतल निवासमा भर्खरै आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले…
    • भेन्टिलेटर र आइसीयू प्रयोगविहीन

      rss रासस वैशाख ३१, २०७८
      दैलेख । गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र…
    • विपत्तिका बेला आफ्नै थातथलो प्यारो

      rss रासस वैशाख ३१, २०७८
      गलेश्वर । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् आफूलाई जन्म दिने आमा र जन्मिएको ठाउँ स्वर्गभन्दा पनि प्यारो हुन्छ । रामायणमा…

    hero news full width

    sanil ads

    wordlink ads