पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौ पोखरा स्पार्टस् अवार्ड–२०७६÷७७ को वर्ष उत्कृष्ट खेलाडी (महिला) विधामा ३ खेलाडी मनोयनमा परेका छन् । साइक्लिङकी जमुना थापा, तेक्वान्दोका पार्वती गुरुङ र प्रशंसा क्षेत्री मनोनयनमा परेसँगै उनीहरुको चर्चा सुरु भएको छ । तीमध्ये १ जनाले वर्ष उत्कृष्ट खेलाडी घोषितसँगै २ लाख नगद पुरस्कार जित्ने छन् । उनीहरुको खेलयात्रा कस्तो छ त ?
उत्कृष्ट ३ मनोनयनमा परेकामध्ये १ ले २ लाखसहित अवार्ड जित्ने छन् ।
जमुना थापा पर्यटकीय क्षेत्र लेकसाइड बस्छिन् । सानोमा साइकल चलाउने रहर पूरा गर्न आमासँग ५ रुपैयाँ मागेर आधा घण्टासम्म भाडामा लिएको साइकल चलाएको उनी सम्झिन्छन् । स्कुल छुट्टि भएपछि जुम्ल्याहा गंगा–जमुना यसैगरी भाडामा साइकल लिएर टाढासम्म जान्थे । बावु रामबहादुर र आमा हरिमाया थापाका जुम्ल्याहा दिदीबहिनीमा गंगा होटल म्यानेज्मेन्ट क्षेत्रमा छिन् भने कान्छी जमुनालाई रहरैरहरमा सिकेको साइकलले नामदाम दुवै दिएको छ ।
१३ औं सागमा डाउन हिल साइक्लिङतर्फ रजत पदक विजेता पोखरेली जमुना बल्ल २३ वर्ष भइन् । तालबाराही माविबाट प्लस टूको अध्ययन पूरा गरेकी उनले खेलकुद क्षेत्रमा केही गर्ने लक्ष्य रहेको बताउँछिन् ।
गोरखामा हालै आयोजित फस्ट लिगलिग साइक्लिङ म्याराथनमा जमुनाले भाग लिएकी थिइन् । प्रतियोगिताको समग्रमा नवौं स्थान तथा गण्डकी प्रदेशबाट कास्य पदक विजेता उनै जमुना २०७७ मा आयोजित प्रथम त्रियुगा खेलकुद महोत्सवमा रजत पदक विजेता पनि हुन् । जमुना पौडीवाज पनि हुन् । पोखरामा भएको आठौं राष्ट्रिय ट्राइथलन–२०७५ मा उनले कास्य पदक जितेकी थिइन् । गण्डकी बोर्डिङ स्कुलमा स्वीमिङ लाइफगार्ड तथा कोच हुन् । माउन्टेन बाइकमै मनाङ र जोमसोमको टूर गरेका बताइन् ।
पार्वती गुरुङ तेक्वान्दोमा पुम्से विधाको र्याङ्किङमा नेपालकै नं. १ खेलाडी हुन् । उनी नेपाल प्रहरीमा आवद्ध छिन् । नेपालबाट एशियन गेम्समा कसैलाई पठाउनु पर्यो भने सर्वप्रथम उनकै नाम अग्रपंक्तिमा आउँछ । त्यसैले त पार्वतीलाई नेपालमा भएको १३ औं सागमा दोहोरो पदक दिलायो । साग इतिहासमै पहिलो पटक १३ औं संस्करणदेखि सहभागिता गराइएको पुम्सेअन्तर्गत २४–२९ वर्ष उमेर समूहमा उनले १ स्वर्ण (एकलतर्फ) र १ कास्य (जोडी पुम्सेतर्फ) पदक जितेकी हुन् । सागमा श्रीलंकन खेलाडीलाई फाइनलमा हराउँदै स्वर्ण जित्न सफल पार्वतीको यस्तो खेलाडी हुन्, जो कोरियन एम्बास्डर नेश्नल तेक्वान्दो च्याम्पियनसीप (चौथोदेखि नवौंसम्म) हरेक पटक गोल्ड मेडल आफ्नो नाममा लेखाउँदै आएकी छन् ।
यस अलावा आठौं राष्ट्रिय खेलकुदमा २ स्वर्ण र १ रजत पनि उनकै नाममा छ । उनले एकल र जोडी पुम्सेतर्फ २ स्वर्ण र टिमतर्फ १ रजत जितेकी हुन् । लमजुङ दूधपोखरी ३, बेत्यानीकी पार्वती बाबु ओमलाल र आमा कुमारी गुरुङ दम्पतीका ३ छोरीमा कान्छी हुन् । २ दिदीको विहेवारी भैसके पनि २५ वर्षीया पार्वती करियरपछि विहे गर्ने बताउँछिन् ।
९ वर्षको उमेर छँदा चितवनमा उनले पहिलो प्रतियोगिता खेलेको स्मरण गरिन् । क्रमशः खेल्दै जाँदा राष्ट्रिय टिममा परेसँगै पछाडि फर्केर हेर्नुपरेको छैन । राखेप च्याम्पियनसीपमा रजत, प्रथम लुम्बिनी नेश्नल च्याम्पियनसीपमा गोल्ड मेडल विजेता पार्वती १८ औं एशियन गेम्स, जार्कातामा नेपालको तर्पmबाट खेलेकी थिइन् । थाइल्याण्डमा भएको सातौं तिराक ओपन तेक्वान्दो च्याम्पियनसीपमा गोल्ड मेडलधारी पार्वती दर्जनौं खेलकै सिलसिलामा इटाली, मलेसिया, भियतनाम, कोरिया लगायत देश पुगेकी छन् । चीन हुने एशियन गेम्सको लागि तयारीमा उनी बताउँछिन् ।
प्रशंसा क्षेत्री १३ औं सागको जोडी पुम्सेमा पार्वती गुरुङकै प्रतिस्पर्धी थिइन् । पोखराको सिद्ध मावि, फलेपाटन कक्षा ५ मा पढ्दै गरेकी प्रशंसा क्षेत्रीलाई एक दिन बावुले तेक्वान्दो सिकाउन लगे । शुक्रराज तेक्वान्दो डोजाङमा भर्ना भएर उनले आफ्ना गुरु कृष्ण श्रेष्ठसँग खेल सिक्न थालिन् । त्यस बेला १३ वर्षीया यी सुन्दरी प्रशंसालाई बिस्तारै विभिन्न कौशलले मोह लाग्यो । त्यस दिनदेखि सुरु भएको खेल यात्राले सागमा स्वर्णसम्म चुमेको छ ।
अभिभावक बावुले हात समाउँदै डोजाङ पु¥याएको त्यो क्षण उनलाई ताजै छ । प्रशंसा भन्छिन्, ‘बुवा अहिले संसारमा हुनुहुन्न । यदि उहाँ भएको भए कति खुसी हुुनुहुन्थ्यो होला ।’
प्रशंसाको अन्तर्राष्ट्रिय सहभागिता सागबाटै सुरु भयो । यसरी पहिलो सहभागितामै २४–२९ वर्ष उमेर समूहमा टिम इभेन्टतर्फ स्वर्ण जितेर नाम चम्काउन सफल भएकी हुन् ।
२०५१ सालमा जन्मेकी उनी स्याङ्जा हरिनासकी हुन्। बाबु पिनराज भण्डारी क्षेत्री र आमा धनमाया भण्डारी क्षेत्रीका ४ सन्तानमा उनका १ दाइ र २ भाइ छन् । जिल्ला, क्षेत्रीय स्तरको प्रतियोगिता जित्दै प्रगतिपथमा अगाडि बढेकी उनले दोस्रो काठमाडौं इन्टरनेशनल गेम्समा स्वर्ण, १२ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीप, इटहरीमा स्वर्ण, प्रथम एभरेस्ट नेशनल ओपन गेम्समा रजत जितेकी छन् । पछि राष्ट्रिय टिममा परेसँगै इण्डोनेसियामा आयोजित हाम्मादाङ च्याम्पियनसीपमा सहभागिता जनाएकी थिइन् ।
सुरुआतमा तेक्वान्दोमा क्योरोगीमै फाइटमा भिडिन् । पछि गुरुहरुको सल्लाहमा पुम्से खेलेको बताइन् । हाल त्रिभुवन आर्मी क्लबमा आबद्ध प्रशंसाको एशियन तथा वल्र्ड च्याम्पियनमा भाग लिने लक्ष्य छ ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
नमस्ते हस्पिटल १३ औं वर्षमा
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१