स्याङ्जा । नगरभित्रका कर्मचारी, शिक्षक र समुदायमा कोरोना संक्रमित भेटिएपछि चापाकोट नगरपालिकाले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु एक हप्ता बन्द गर्ने निर्णय गरेको छ ।
केही दिनअघि भारत भम्रणगरी फर्किएका सहित ५ जनामा कोराना संक्रमण देखिएपछि नगरपालिका भित्रका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु एक हप्ताका लागि बन्द गरिएको हो ।
चापाकोट नगरपालिकाका नगर प्रमुख शिवकुमारी गिरीद्वारा बुधबार दिउँसो जारी प्रेस विज्ञप्तिमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस दोस्रो चरणको संक्रमण चापाकोट नगरपालिकामा पनि देखिएको उल्लेख छ ।
कोरोना संक्रमण समुदायस्तरमा समेत फैलन सक्ने जोखिम देखिएकाले उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र उच्च सतकर्ता अपनाउन नगरवासीहरुमा अनुरोध गरेको छ ।
संक्रमणको जोखिम न्यूनिकरण गर्न यस नगर कार्यापालिका कार्यालय, वडा कार्यालयबाट हुने सम्पूर्ण सार्वजनिक सेवाहरु, शैक्षिक संस्थाका पूर्व निर्धारित परीक्षा तथा शैक्षिक कार्यक्रम बाहेक सबै शैक्षिक गतिविधिहरु, बैक तथा वित्तिय संस्थाहरुबाट प्रदान गरिने अत्यवाश्यक बाहेकका सबै सेवाहरु बैशाख १३ गते सोमबारसम्म बन्द हुने चापाकोटले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
hero news full width
मुख्य समाचार
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१