कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७८
krishna kc

पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आफ्ना पिताको देहवासन भएर काजकीरियामा रहेकै अवस्थामा अस्वस्थ भएर सोमबार राति अस्पताल भर्ना भएका केसीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उपचारकै क्रममा परीक्षण गराउँदा केसीमा कोरोना पोजेटिभ देखिएको हो । सभापति केसीमा कोरोना पोजेटिभ देखिए पनि उनको परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

सभापति केसीका छोरा सरोज केसीले दिएको जानकारी अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ । उनी हाल पोखरास्थित चरक मेमोरियल अस्पतालको आइसोलेसनमा छन्उ ।

यसैबीच कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले सभापति केसीसंग तत्कालका लागि भेटघाट नगर्न आग्रह गरेका छन् ।
उनले एक अपिलमार्फत सभापति केसीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँ आइसोलेसनमा रहेकाले भेटघाट नगर्न आग्रह गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width