संघीय संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

आदर्श समाज सम्वाददाता
वैशाख ६, २०७८
RSS_Cabinet_Meeting_2076-12-24(2)

फाइल फाेटाे

पोखरा ।  सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ।

बालुवाटारमा सोमबार बिहान बसको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

उनका अनुसार सोमबार दिउँसो १ बजेदेखि संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरिएको हो।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ।

गएको पुस ५ गते विघटित प्रतिनिधिसभालाई फागुन ११ गते सर्वोच्च अदालतले पुनस्स्थापित गरेको थियो। सर्वोच्चको आदेश वमोजिम फागुन २३ गते संसद अधिवेशन सुरु भएको थियो।

विधेयक अधिवेशन हुनुपर्ने भए पनि सत्ताको खिचातानी तथा सभामुखसँगको प्रधानमन्त्री केपी शर्मा ओलीको टकरावका कारण यो अधिवेशनमा कुनै पनि विधेयक पेश हुन सकेन ।

विधेयक अधिवेशन अन्त्य भए पनि चाँडै नै बजेट अधिवेशन सुरु हुनेछ । जेठ १५ गते आउँदो आर्थिक वर्षको बजेट पेश गर्नु पर्ने संवैधानिक व्यवस्थाका कारण बजेट अधिवेशन चाँडै सुरु हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width