कर्णालीका नवनियुक्त मन्त्रीहरुको सपथ बेलुका ६ बजे

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७८
karnali minister

सुर्खेत, ५ वैशाख ।  कर्णाली प्रदेशमा शनिबार नियुक्त भएका मन्त्रीहरुको सपथ आज (आइतबार) बेलुका ६ बजे हुने भएको छ ।

शनिबार नियुक्त भएका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिं बुढा, भौतिक पूर्वाधार विकास मन्त्रीमा अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाहीले साँझ ६ बजे सपथ ग्रहण लिने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।

शनिबार साँझ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीपरिषद् विस्तार पुनर्गठन गरेका थिए । नवनियुक्त तीनै जना एमाले माधवकुमार नेपाल समूहका हुन् ।

उनीहरुले शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । पार्टीको ह्विप विपरित शुक्रबार मुख्यमन्त्रीलाई विश्वासको मत मत दिएपछि नेकपा एमाले प्रदेश कमिटीले तीन जना सांसदलाई शनिबार पार्टीबाट निस्काशन गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width