फेरि भाउ बढ्याे डिजेल पेट्रोलको

Avatar आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७८
petrolium

पाेखरा ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा समान १/१ रूपैयाँ मूल्य वृद्धि गरेको हो।

शनिबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमले जारी गरेको सूचनामा उल्लेख छ।

योसँगै पेट्रोलको मूल्य १२१ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १०४ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

यस्तै आन्तरिक तर्फको हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर बढाएर ७६ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।

खाना पकाउने ग्यास र अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जानकारी दिएको छ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Fishtail

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग