मध्यरातमा  प्रदेश सभा अधिवेशन अन्त्य : सरकारविरुद्धको रणनीतिमा ३ दलको कसरत सुरु

आदर्श समाज सम्वाददाता
वैशाख २, २०७८
nc congress

कांग्रेस संसदीय दलकाे बैठक

पोखरा । अविश्वास प्रस्तावको सामाना गर्न कठिन हुनेभएपछि गण्डकी प्रदेश सरकारले बुधबार मध्यरातमा एकाएक प्रदेश सभाको हिउँदे अधिवशेन अन्त्य गरेपछि राजनीतिले नयाँ मोड लिएको छ ।

पृथ्वीसुब्बा गुरुङको सरकार गिराउन र नयाँ बनाउने कसरतमा लागेका कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी यो घटनाक्रमपछि कसरी अगाडि बढ्ने भनेर आन्तरिक बैठकमा जुटेका छन् ।

अहिले ३ वटै दलका सांसदहरु प्रदेश सभा सचिवालयमै अलग अलग बैठकमा छन् । दलहरुको आआफ्नो धारणा बनाएर पुन एकै ठाउँमा बसेर त्यसलाई साझा रुपमा अगाडि बढाइने नेपाली कांग्रेसका सांसद कुमार खड्काले बताएका छन् । तर यसरी नै अगाडि बढ्ने भन्ने तय हुन भने बाँकी नै छ ।

संसद अधिवेशन अन्त्य भए पनि अविश्वासको प्रस्तावसम्बन्धी सूचना दर्ता गराउन भने सकिन्छ । तर त्यसलाई कसरी प्रक्रियामा लैजाने भन्ने बारेमा अन्योल नै छ । यसका लागि विशेष अधिवेशन बोलाउनु पर्ने हुन्छ ।

बर्खे अधिवेशनको मिति नजिकिँदै गरे पनि अविश्वासको प्रस्तावको प्रक्रिया अगाडि बढाउन भने विशेष अधिवेशन नै चाहिने हुन्छ ।

प्रदेश सभा नियमावलीमा कतिपय विषय उल्लेख नभए पनि सभामुखको स्वविवेकले काम गर्ने संसदीय अभ्यास हुन्छ ।

सरकार परिवर्तनको कसरतमा दलहरु जुटिरहेका बेला गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन प्रदेश प्रमुख अमिक शेरचनले बुधबार रातिदेखि अन्त्य गरेका हुन् । त्यसको सूचना

बिहीबार बिहान प्रदेश सभा सचिवालायले प्राप्त गरिसकेको छ ।

हिउँदे अधिवेशन चैत २५ गते सुरु भएको हो ।

प्रदेश सरकारलाई दिएको समथर्मन फिर्ता लिने राष्ट्रिय जनमोर्चाको निर्णयपछि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार धरापमा परेको थियो ।

बुधबार राजमोले समर्थन फिर्ता लिने भन्दै वक्तव्य जारी गरेपछि कांग्रेस लगायत दल सरकार विरुद्ध अविश्वासको प्रस्ताव सम्बन्धी सूचना दर्ता गराउने तयारीमा थिए ।

बिहीबार बिहानभर पनि कांग्रेस, माओवादी र जसपा अलग अलग बैठकमा जुटेका थिए ।

गण्डकीको राजनीतिमा नयाँ माेड : प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

Related News

सम्बन्धित समाचार

hero news full width