फुर्सेखोला चिसापानी मोटरेबल पुल उद्घाटन

Avatar आदर्श समाज सम्वाददाता
वैशाख १, २०७८
motor pul news

पोखरा । पोखरा २२ चिसापानीस्थित फुर्सेखोलामाथि निर्माण गरिएको फुर्सेखोला चिसापानी मोटरेबल पुलको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका छन् ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले आफ्नै बजेटबाट बनाउन सबैभन्दा पहिला शिलान्यास गरेको पुलको सोचेभन्दा छिटो निर्माण सम्पन्न भएको बताए । प्रदेश सरकारले बाटो, पुल, खानेपानी, सिँचाइ, कृषि लगायत क्षेत्रमा गर्नुपर्ने काम धेरै भएको तर स्रोत प्रर्याप्त नहुँदा सबै काम एकै पटक गर्न नसकिएको बताए ।

गण्डकी प्रदेश भौतिक योजनामन्त्री रामशरण बस्नेतले प्रदेश सरकार समग्र विकास निर्माणका काममा लागेकाले बाटो, पुल, खानेपानी लगायत योजना शिलान्यासभन्दा धेरै उद्घाटन गरिरहेको बताए । उक्त क्षेत्रमा पक्की पुल निर्माण भएकाले अब बाटो बनाउन पनि बनाउन सरकार तीव्रताका साथ लाग्ने बताए ।

प्रदेश सांसद राजीब पहारीले प्रदेश सरकारले विकास निर्माणका काममा बढी ध्यान दिएकाले दशांै वर्ष निर्माण रोकिएका काम ३ वर्षमा पूरा गरेको बताउँदै ३ करोड ९८ लाखको लागतमा मोटरेबल पुल निर्माण भएको बताए । उनले सो बाटो सिद्धार्थ राजमार्गको वैकल्पिक मार्गका रुपमा पनि प्रयोग गर्न सकिने तर्क गरे ।

पोखरा २२ का अध्यक्ष मित्रलाल बरालले वडाको सबैभन्दा ठूलो समस्या पुल भएको र अब पुल निर्माणपछि कृषि व्यवसायको उन्नति हुने बताए । उनले उक्त पुलले स्याङ्जा जिल्ला जोड्ने बताउँदै बाटोको स्तरोन्नति गर्नुपर्ने बताए ।

पुल निर्माणको जिम्मा सिम्रन कन्स्ट्रक्सनल जेभी कम्पनीले लिएको थियोे । पुलको लम्बाइ ३८ र चौडाइ ७ मिटर रहेको कम्पनीका प्रोप्राइटर बलबहादुर रानाले बताए ।
कार्यक्रममा बाटो तथा पुल निर्माणका लागि जग्गा दाताहरु टीकाराम बराल, सनतकुमार श्रेष्ठ, अजय गुरुङ तथा पुल निर्माणमा सहयोग गर्ने स्थानीय बासिन्दालाई सम्मानपत्र प्रदान गरिएको थियो ।

फुर्सेखोला चिसापानी मोटरेबल पुल निर्माण उपभोक्ता समिति अध्यक्ष मीनबहादुर बास्तोला, केशव पौडेल लगायतले छिटोभन्दा छिटो बाटो पिच गर्नुपर्ने माग गरे ।

Related News

सम्बन्धित समाचार

    • ६ गुणाबढी भाडा लिने सवारी कार्वाहीमा

      rss रासस वैशाख २४, २०७८
      काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाडौँ उपत्यकाबाट गृहजिल्ला जाने क्रममा बिहीबार काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ…
    • महामारीमा पालिकाको बेवास्ता

      सविन लामिछाने सविन लामिछाने वैशाख २४, २०७८
      दमौली । कोरोना भाइरस संक्रमणको दोस्रो लहरले संक्रमितको संख्या जिल्लामा ह्वात्तै बढ्दा समेत आवश्यक पूर्व तयारीमा बेवास्ता गरिएको छ ।…
    • मनाङेको मन्त्रालयलाई अल्पकालीन बजेट

      धनबहादुर गुरुङ धनबहादुर गुरुङ वैशाख २४, २०७८
      पोखरा । गण्डकी प्रदेशमा सत्ताको खेल भइरहँदा यतिखेर चर्चामा छ, युवा तथा खेलकुद मन्त्रालय । मन्त्रालय भन्दा बढि हिट भए…
    • चौरासी पूजापछि गाउँमा कोरोना

      Avatar तोलाकान्त बगाले वैशाख २४, २०७८
      वालिङ । वालिङ नगरपालिका १ धरमपानी गाउँमा बुधबार गरिएको एन्टिजेन परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको छ । गाउँमा गत…
    • लकडाउनमा सुनसान बेनी बजार (तस्बिर सहित )

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २३, २०७८
      म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा लकडाउन (निशेधाज्ञा) जारी भएपछि सुनसान देखिएको छ । बेनी नगरपालिकाको प्रस्तावमा जिल्ला प्रशासन कार्यालयले नगरपालिका…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग