स्याङ्जा । माधव नेपाल पक्षले स्याङ्जामा नेकपा एमालेको समानान्तर कमिटी गठन गरेको छ । तर, नेकपा एमाले माधव नेपाल समूह स्याङ्जाले भने नेकपा एमाले पुनर्गठन गरेको जनाएको छ ।
सदरमुकाममा आयोजित जिल्लास्तरीय भेलाले रामचन्द्र भट्टराईको अध्यक्षतामा १ सय ७५ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा शर्मिला पौडेल, सचिवमा भुपराज अधिकारी र उपसचिव त्रयमा खड्कराज सुवेदी, सन्तोष केसी र टीकाराम नेपालीलाई चयन गरिएको हो ।
यसैगरी, भेलाले ज्येष्ठ सल्लाहकार सदस्यमा लोकराज शर्मा र निलकण्ठ शर्मा वाग्ले, ज्येष्ठ कम्युनिस्ट मञ्चमा शेखर प्रधान र नारायण गिरीलाई जिम्मेवारी दिएको छ।
जिल्लाका ११ वटै स्थानीय तहमा युवा संघ र अनेरास्ववियु समिति गठन गरेको छ । युवा संघ जिल्ला अध्यक्षमा सन्तोष सापकोटा र सचिवमा मिलन भण्डारी र अनेरास्ववियु स्याङ्जाको अध्यक्षमा सन्तोष वस्ती र सचिवमा शिव भट्टराईलाई चयन गरिएको अध्यक्ष भट्टराइले जानकारी दिए । उनले भने ‘सर्वोच्च अदालतको निर्देशन कार्यान्वयन गर्नुका साथै पार्टीलाई मजबुत बनाई गाउँगाउँमा विस्तार गर्ने अभियानमा अघि बढेका छौं ।’
भेलामा सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज चुडामणि जंगलीले प्रधानमन्त्री केपी ओलीका कारण पार्टीमा विभाजन आएको बताउँदै पार्टी सुदुढीकरणका लागि नेकपा एमालेले पुनर्गठन भएको बताए ।
Related News
सम्बन्धित समाचार
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१