Worldlink ads

होमस्टे प्रवद्र्धनमा पोखरका महिला पर्यटन व्यवसायी

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७७
WOTEF homestay 1

पोखरा । आन्तरिक पर्यटक मार्फत् ग्रामिण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखराका महिला पर्यटन व्यवसायीले मोदी गाउँपालिका–१, झिल्ली बरेङ पुगेर त्यहाँको प्राकृतिक र सांस्कृतिक पहिचानको विषयमा जानकारी लिएका छन् ।

कोभिड १९ पछि घरवास व्यवसायमा अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममार्फत् व्यवसायी महिलाले उक्त ठाउँको बारेमा जानकारी लिएका हुन् । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पौडेलले कोभिड १९ का कारण सुस्ताएको पर्यटनलाई गति दिन ग्रामिण पर्यटनमा जोड दिएर प्रचारप्रसार गर्नुपर्ने बताए । उनले कोभिड–१९ का कारण धेरै मानिसले शान्त र प्राकृतिक स्थलको खोजी गरेको जनाउँदै बरेङको होमस्टेमा महिला पर्यटन व्यवसायीको पहिलो आगमन भएको जनाए ।
उनका अनुसार बरेङ अन्नपूर्ण हिमशृंखंला, लालिगुराँस, भिरमौरी लगायत गुरुङ, मगरबस्तीको सांस्कृतिक पहिचान रहेको सुन्दर गाउँ हो । गाउँपालिकामा २० वटा होमस्टे भए पनि हाल १२ वटा सञ्चालनमा छन् ।

उक्त गाउँपालिका वडा नं १ का वडाध्यक्ष गौप्रसाद गुरुङले प्राकृतिक सुन्दरतासँगै समुदायको आतिथ्यताले भिल्ली बरेङ आउने पाहुनालाई लोभ्याउने बताए । उनले कोभिड १९ का कारण आन्तरिक पर्यटकको आगमन कम हुँदै गएको भनाइ राखे । वडा सदस्य भुलबहादुर पौडेलले गण्डकी प्रदेश सरकारले घरबास कार्यक्रमलाई प्राथमिकता दिएको जनाउँदै यसले ग्रामीण पर्यटनलाई प्रर्वद्धन गर्दै लगेका धारणा राखे । उनले लेकसाइडका महिला पर्यटन व्यवसायीको उपस्थितीले यस क्षेत्रलाई थप चिनाउने विश्वास समेत व्यक्त गरे ।

उक्त घरबासका अध्यक्ष गर्बी गुरुङले पहिलो चरणमा महिला व्यवसायीलाइ स्वागत गर्न पाउँदा खुसी लागेको बताइन् । उनले प्रारम्भिक चरणमा रहेकाले आवश्यक सल्लाह सुझाव दिन समेत आग्रह गरिन् ।

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)का संस्थापक अध्यक्ष जमुना पराजुलीले कोभिड १९ पछि आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको जनाउँदै यस्ता कार्यक्रमले ग्रामिण पर्यटनमा प्रवद्र्धन हुने विश्वास व्यक्त गरिन् । संस्थाका अध्यक्ष पार्वती पाण्डेले कोभिड १९ चुनौतीका बीच पनि अवसरको खोजी गर्दै पर्यटकीय गन्तब्यको प्रचार प्रसारमा सबै जुट्नु पर्ने धारणा राखिन् ।

कार्यक्रममा संस्थाका सल्लाहकार दुर्गा ढकाल, देवका पहारी, पम्फा पहारी कार्यक्रम संयोजक रीता रेग्मी लगायतका सहभागी सदस्यहरुले अवसरसँगै देखिएका चुनौतीका विषयमा अनुभव राखे । कोभिड १९ ले शान्त र प्राकृतिक स्थलको खोजी, साहसिक पदयात्राप्रति पर्यटकको रुचीले ग्रामिण पर्यटन प्रवद्र्धन हुँदै गएको उनीहरुको भनाइ थियो । त्यसैगरी कोभिड बढ्दै गएको अवस्थामा स्वास्थ्य मापदण्ड पालना नहुँदा थप समस्या सिर्जना हुन सक्ने तर्फ पनि छलफल गरिएको थियो ।

नेपाल पर्यटन बोर्ड आन्तरिक पर्यटन पुनरुत्थान समिति गण्डकीको प्रवद्र्धनमा आयोजना गरीएको उक्त घरबास कार्यक्रममा संस्थाका कार्यसमिति लगायत २४ जनाको सहभागिता रहेको सचिव ममता न्यौपानेले जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

    • भवानी आमा समूहमा समीक्षा

      आदर्श समाज संवाददाता भाद्र ३०, २०७८
      पोखरा । पोखरा ८ कुँवरटोलस्थित भवानी आमा समूहको दशौं साधारणसभा तथा छैटौं अधिवेशन बुधबार भएको छ । पोखरा ८ का…
    • महिला अधिकारको परिवर्तित स्वरुप

      अधिवक्ता तारा शर्मा असार २०, २०७८
      जननी, माता, आमा, महिला र नारी शब्दलाई अर्थ र व्याख्याको कुनै जरुरत छैन । व्यक्ति विशेषले आफ्नै तरिकाले यी शब्दहरुलाई…
    • महिला उद्यमी संघले दियाे तालिम

      आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । महिला उद्यमी संघ नेपाल कास्कीले आर्थिक रुपान्तरणमा महिला विषयक तालिम दिएको छ । महिलाले आफ्नो व्यक्तिगत क्षमतालाई विकास गर्ने,…
    • महिला उद्यमी संघ कास्कीमा पार्वती रेग्मी सर्वसम्मत

      आदर्श समाज सम्वाददाता चैत्र १७, २०७७
      पोखरा । महिला उद्यमी संघ नेपाल, कास्कीको अध्यक्षमा पार्वती पौडेल रेग्मी सर्वसम्मत चयन भएकी छन् । सोमबार सम्पन्न संघको छैटौं…
    • महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीमा इन्द्रकुमारी

      आदर्श समाज सम्वाददाता चैत्र १३, २०७७
      पोखरा । महिला मानव अधिकार रक्षक सञ्जाल कास्की अध्यक्षमा इन्द्रकुमारी शर्मा निर्वाचित भएकी छन् । पोखरामा सम्पन्न १३ औं साधारण…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads