गोर्खा सङ्गठनहरुद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

rss रासस
चैत्र २६, २०७७
oli

लण्डन । भूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेवानिवृत्त बेलायती गोर्खा सैनिकहरुको समस्यामा केन्द्रित रहेर ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा सङ्गठनहरूको संयुक्त प्राविधिक समितिमा गरिएको छलफलमा आधारित १३ बुँदे प्रतिवेदन लगायतलाई सम्बोधन गर्नका लागि बेलायत सरकारसँग कूटनीतिक पहल गर्न एक उच्चस्तरीय वार्ता समिति गठन गर्न माग गरिएको छ । त्यस्तै भूतपूर्व गोर्खा सैनिकका विषयमा नेपाल तथा बेलायत सरकारबीच भएका पत्राचार, अन्य सूचना र तत्सम्बन्धमा नेपाल सरकारको आधिकारिक धारणासमेत अविलम्ब सार्वजनिक गर्न माग गरिएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई ज्ञापनपत्र पठाएको एक दिनपछि भूपू गोर्खा सैनिक सङ्गठन तथा एनआरएनए गोरखा विभागले प्रधानमन्त्री ओलीलाई पनि संयुक्त ज्ञापनपत्र पठाएका हुन् । विभिन्न गोर्खा सङ्गठनका प्रतिनिधिहरुको उपस्थितिमा बुधबार बिहान लन्डनस्थित नेपाली दूतावासमा उक्त ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा भूतपूर्व गोरखा सैनिकहरूको संस्था गेसोका कार्यवाहक सभापति धर्म तामाङले बेलायतसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको तर भूतपूर्व गोर्खा सैनिकहरुप्रति विभेद कायमै रहेकाले गेसोले तीन दशकभन्दा लामो समयदेखि आन्दोलन चलाइरहेको बताउनुभयो ।

ज्ञापनपत्र बुझ्दै बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले सेवानिवृत्त गोर्खा सैनिकको विषय नेपाल सरकारको प्राथमिकताको विषय हो भन्दै आफू बेलायतमा राजदूत भएर आउनासाथ यो विषयलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

    • भेडीगोठमा झलल बिजुली, सरर्र मोटर

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ६, २०७८
      लमजुङ । बेलायती सेनामा छाती नाप्न जानु अघि मजनबहादुर गुरुङलाई लागेको थिएन आफ्नो गाउँमा यति धेरै विकास होला । जन्मे,…
    • पर्यटन प्रवद्र्धनमा युनाइटेड क्लब

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ५, २०७८
      पोखरा। युनाइटेड क्लबको साताव्यापी कार्यक्रम अन्तर्गत पाँचौ दिन पर्यटकीय क्षेत्र बैदाममा पहिचान झल्किने होडिङ बोर्ड राखिएको छ । सो बोर्डको…
    • जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ५, २०७८
      पोखरा । भाषा सङ्घ नेपालको आयोजनामा यही वैशाख ९ गते पोखरामा जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । पोखरासहित गण्डकी…
    • स्याङ्जाका द्वन्द्वपीडित ८ जनालाई परिचयपत्र

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ५, २०७८
      स्याङ्जा । सत्य निरुपण तथा मेलामिलाप आयोगले ८ जनालाई परिचयपत्र हस्तान्तरण गरेको छ । आयोगका सदस्य मनु दाहालसहितको टोली स्याङ्जा…
    • जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रदेशमै उत्कृष्ट

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ५, २०७८
      पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जिल्ला प्रहरी कार्यालय स्याङ्जाले माघ–चैतमा गरेको कार्य सम्पादन अब्बल भएको ठहरसहित प्रदेशका प्रहरी…

    hero news full width

    sanil ads

    wordlink ads

    Recent Posts

    भर्खरै