भूमेश्वर आविलाई सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र २४, २०७७
bhumeshor

पोखरा । कपडा व्यवसायी एसोसियसन कास्कीले पोखरा १९ घार्मीस्थित भूमेश्वर आधारभूत विद्यालयलाई स्वास्थ्य तथा शैक्षिक सामग्री प्रदान गरेको छ । एसोसिएसनको २५ औं स्थापना दिवसका अवसरमा सामग्री प्रदान गरिएको हो ।

पोखरा १९ का अध्यक्ष शोभामोहन पौडेलको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद पौडेललाई एसोसिएसन अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाले सामग्री हस्तान्तरण गरे । पोखरा महानगरको ग्रामीण क्षेत्रमा रहेको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको पठनपाठन सहयोगार्थ संस्थाले सहयोग प्रदान गरेको अध्यक्ष तिमिल्सिनाले बताए ।

माक्स, सेनिटाइजर, फेससिल्ड र विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरिएको कार्यक्रममा वडाध्यक्ष शोभामोहन पौडेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय पौडेल, संस्थापक अध्यक्ष रामजीप्रसाद बास्तोला, पूर्वअध्यक्ष प्रेमबहादुर भुजेल, पोखरा उद्योग वाणिज्य कार्यसमिति सदस्य एंव संस्थाका पूर्व अध्यक्ष यामनाथ तिमिल्सिनाले बोलेका थिए ।

स्वास्थ्य सामग्री कार्यक्रम संयोजक लेखनाथ पौडेल र शैक्षिक सामग्री संस्थाका अध्यक्ष विष्णुप्रसाद तिमिल्सिना, चोकबहादुर गुरुङ, पोषराज पौडेल र रजनी चापागार्इंले सौजन्य गरेका थिए ।

संस्थाका अध्यक्ष तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रअ दुर्गाप्रसाद पौडेलले स्वागत र संस्थाका महासचिव धर्ममानसिंह भण्डारीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width