खेलकुद मन्त्रीलाई हाप्किदो संघको बधाई

आदर्श समाज सम्वाददाता
चैत्र २२, २०७७
hapkido news photo

पोखरा  । युवा तथा खेलकुद मन्त्री दावा लामालाई नेपाल मार्सल आर्ट हाप्किदो संघ गण्डकीले स्वागत तथा बधाई ज्ञापन गरेको छ । एक कार्यक्रममा शनिबार पोखरा आइपुगेका मन्त्री लामालाई हाप्किदो संघले बधाईसहित स्वागत गरेको हो । मन्त्री लामाले पर्यटकीय सहर पोखरा पर्यटनसँगै खेलकुदको सहर बन्ने बताए ।
पोखरामा रंगशाला निर्माण भइरहँदा यहाँ पछिल्लो समय विभिन्न खेलकुदका गतिविधिसमेत बढ्दै गइरहेकाले पनि पोखरा खेलकुदको राजधानी हुनेमा आफू ढुक्क रहेको बताए ।
पछिल्लो समय नेपालमा भित्रिएको मार्सल आर्ट हाप्किदो खेल प्रदेश र जिल्ला तहमा पनि पुगेकाले यसले खेलकुदको गतिविधि स्थानीय तहसम्म पुगेको उनको भनाइ थियो । उनले आगामी दिनमा खेलकुद क्षेत्रमा सरकारले समेत सहयोग गर्ने बताए ।
नेपाल मार्सल आर्ट हाप्किदो संघ प्रदेश अध्यक्ष एमबि आस्था मगरले सबै खेललाई मन्त्रालयले समान व्यवहार गर्नुपर्नेतर्फ मन्त्री लामालाई ध्यानाकर्षण गराएका थिए ।
संघका उपाध्यक्ष तारामाया थापा मगरले नवांै राष्ट्रिय खेलकुद प्रतियोगितामा हाप्किदो खेललाई पनि समावेश गर्नुपर्ने जोड दिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width