कास्कीमा एमालेकाे समानान्तर कमिटी, माधव नेपाल समूहकाे अध्यक्षमा धनराज आचार्य

Avatar आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७७
dhanraj

पोखरा । नेकपा एमालेको माधव नेपाल समूहले कास्कीमा समानान्तर कमिटी गठन भएको छ ।

नेता धनराज आचार्य अध्यक्ष रहने गरी बिहीबार ७५ सदस्यीय समानान्तर समिति गठन भएको हो ।

नेता माधव नेपाल र सुरेन्द्र पाण्डेकाे उपस्थितिमा उनलाई अध्यक्ष चयन गरिएको हो । सचिवमा होमबहादुर नेपाली चयन भएका छन् ।

आचार्य पिएन क्याम्पसका पूर्व स्ववियु सभापति हुन् । रवीन्द्र अधिकारीका सहपाठी उनी रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानका अध्यक्ष हुन् ।

रवीन्द्र पत्नी विद्या भट्टराई उपचुनाव लड्दा धनराज चुनावी कमान्डर थिए ।

पार्टीले नेता नेपालसहित भीम रावललाई निलम्बन गरेपछि नेपाल पोखरा आएर मुुलुकभरमै पहिलो जिल्लामा कमिटी गठन गरेका हुन् ।

पोखराको न्युरोडस्थित सिटी स्कायर बैंक्युटमा बिहीबार अगुवा कार्यकर्ता भेला भएको थियो । ओली समूहको पकड मानिएको गण्डकी प्रदेशबाटै माधव नेपालले अभियान थाल्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

गण्डकीका ११ जिल्लामध्ये बागलुङ र गोर्खामा मात्रै  ओली समूह कमजोर छ । ६० सदस्यीय प्रदेश सभामा एमालेको २७ सिटमध्ये नेपाल समूहका १ जनामात्र सांसद छन् । बागलुङका इन्द्रलाल सापकोटा नेपाल समूहका एक्ला सांसद हुन् ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads