काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत बुधबार राति सम्पन्न खेलमा नर्थ म्याकडोनियाले जर्मनीलाई हराएको छ।
चार पटकको विश्वविजेता जर्मनी घरेलु मैदानमै म्याकडोनियासँग २–१ गोलले पराजित भएको हो।
योसँगै जर्मनीको विश्वकप क्वालिफायरमा ३५ खेलको अपराजित यात्रा टुंगिएको छ। उसले २००१ मा इङ्गल्यान्डसँग पराजित भएयता अन्य टिमसँग पराजय भोग्नु परेको थिएन। झन् यो सिजनको छनोटमा उसले गोलको सामना गरेको थिएन्।
तर, गएरातिको खेलमा उसले क्लिन सिटको यात्रामा पनि विराम लगाएको छ।
पहिलो हापको इन्ज्युरी समयमा गोरन पान्डेवले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए। एक गोलले पछि परेको अवस्थामा जर्मनीका इल्के गुन्डोगनले गोल गर्दै खेललाई दोस्रो हाफमा खेल बराबरी बनाए।
तर, पेनाल्टीमार्फत् जर्मनीले बनाएको बराबरीलाई पछि पार्दै म्याकडोनियाका इल्जिफ इल्मसले ८५औं मिनेटमा गोल गरेपछि जर्मनी पराजित भएको हो।
यो खेलसँगै दुई जित र एक हार सामाना गरेको जर्मनी समूह जे को तेस्रो स्थानमा छ। समान ६ अंक भएको म्याकडोनिया दोस्रो र ९ अंक भएको अर्मेनियाँ शीर्षस्थानमा छ।
Related News
सम्बन्धित समाचार
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल पार्ने पत्रकारको प्रतिबद्धता
हिसानको फुटसल सुरु
अली मियाँ फुटबल जारी
आहा रारामा ११ टिम टुंगो
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१