पोखरा । सप्तरंगी सांस्कृतिक प्रतिष्ठानको सप्तरंगी प्रतिभाको खोजी–२०७७ सम्पन्न भएको छ ।
प्रतिभाको खोजी एकल खुला गायनतर्फ पर्वतका अरुण सुनार भए । यस्तै, गायनतर्फ कास्कीकी संगीता गायकले द्वितीय, म्याग्दीका राम घर्तिमिरे तृतीय र बागलुङका जीवन विश्वकर्माले सान्त्वना स्थान प्राप्त गर्न सफल भए ।
प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार रुपैयाँ छ । यस्तै, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमशः २५ हजार, १५ हजार, ७ हजार ५ सय, प्रमाणपत्र र ट्रफी छ । प्रतियोगितामा सहभागीलाई २÷२ हजार नगद र प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।
सामूहिक लोकनृत्यतर्फ नेपाल मगर विद्यार्थी संघ तनहुँ पहिलो भएको छ
सप्तरंगी प्रतिभाको खोजीअन्तर्गतको सामूहिक लोकनृत्यतर्फ नेपाल मगर विद्यार्थी संघ तनहुँको पोल्टामा प्रथम पुरस्कार पुग्यो । यस्तै, म्याग्दीको लालीगुराँस पुन मगर समाजको थाली नृत्यले द्वितीय, कास्की सिक्लेस पार्चेको रोधी नृत्यले तृतीय र बिटुडी डान्स स्कुल कास्कीको झ्याउरे नृत्यले सान्त्वना स्थान प्राप्त गरे । लोकनृत्यतर्फ गण्डकी प्रदेशका मनाङ जिल्ला बाहेकका १२ समूहले सहभागिता जनाएका थिए ।
लोकनृत्यतर्फ कौडा नृत्यद्वारा तनहुँको विशेष चिनारी प्रस्तुत गरेको तनहुँले विजेतासँगै नगद एक लाख, ट्रफी र प्रमाणपत्रसमेत हात पार्न सफल भयो । द्वितीय, तृतीय र सान्त्वना हुने टिमले क्रमशः ५०, २५ र १५ हजार नगदसँगै प्रमाणपत्र र ट्रफी प्राप्त गरे । यस्तै, फाइनमा पुगेका सबै टिमलाई नगद पाँच हजारसहित प्रमाणपत्र प्रदान गरियो ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सीमानाले देश सानो, अवस्थाले गरिब भए पनि कला र संस्कृतिले विशाल र धनी रहेको बताए । साथै उनले प्रदेश सरकारले छुट्टाएको रकमले विशाल कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्था सप्तरंगी सांस्कृतिक प्रतिष्ठानलाई आभारसमेत व्यक्त गरे ।
गण्डकी प्रदेश सरकार सामाजिक मन्त्रालयसँगको सहकार्यमा सम्पन्न सप्तरंगी प्रतिभाको खोजी–२०७७ को एकल गायनका लागि विभिन्न चरणबाट फाइनल राउण्डका लागि १२ जना छनौट गरिएको थियो । सोही समारोहबीच महानगर प्रज्ञा प्रतिष्ठानका पदाधिकारीलाई सम्मानसमेत गरिएको थियो ।
कार्यक्रमका गायनतर्फ संगीतकार बिबी अनुरागी, गायक विनोद बानिया र गायिका अजुदा थापा थिए । नृत्यतर्फ नृत्य निर्देशक गम्भीर बर्देवा, धनबहादुर गुरुङ, गमबहादुर गुरुङ र राजबहादुर गुरुङ थिए । संस्थाका कार्यबाहक अध्यक्ष खिमकुमार गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका महासचिव मनकुमार श्रेष्ठले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सञ्जीव पालको निधनले तारादेवी–अरुणा लामा स्मृति स्रष्टा साँझ स्थगित
पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य
गायन र नृत्य जित्नेलाई एक करोड
पोखरामा तारादेवी-अरुणा लामा स्मृति स्रष्टा साँझ हुने
hero news full width
मुख्य समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१