पोखरा । साहित्यकार लक्ष्मण थापाको पाँचौ कृति कविता संग्रह ‘अक्षरहरुको मूर्च्छना’ शनिबार पोखरामा लोकार्पण गरिएको छ ।
पोखरेली युवा सास्कृतिक परिवार (पोयुसाप) को आयोजनामा भएको कार्यक्रममा साहित्यकार, नेपाल राष्ट्रिय संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कवि तथा साहित्यकारले संख्या भन्दा अजम्बरी हुने कृति प्रकाशन गर्नुपर्नेमा जोड दिए ।
संस्कृतिकर्मी तथा तीर्थ श्रेष्ठले असल साहित्यकारले शब्दलाई उचित सम्मान गर्न सक्नुपर्ने बताउँदै आफ्ना रचनाहरुमा अनावश्यक थोपारेर शब्दको अवमूल्यन गर्न नहुने भनाइ राखे ।
उक्त अवसरमा कलाकार तथा साहित्यकार रमेश श्रेष्ठ, पोखरा महानगर प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, लोक गायिका हरिदेवी कोइराला, नवनीत साहित्य सागरका अध्यक्ष तथा छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराम शर्मा लगायतले शुभकामना व्यक्त गरे । उनीहरुले श्रष्टा थापा आफ्नो मनमा भएका उकुसमुकुसलाई रचनामार्फत् व्यक्त गर्ने स्वभाव रहेको व्यक्ति रहेको बताए ।
श्रष्टा लक्ष्मण थापाले पोखरेली साँस्कृतिक परिवारले आफूलाई कवि बनाउन प्रेरणा दिएको तथा पुछार सिटे अभियानले कृति प्रकाशनमा हौसला मिलेको बताउँदै यस कार्यमा सहयोग गर्ने सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गरे । कार्यक्रममा कृतिको समालोचनात्मक समीक्षा सञ्जीव पौडेलले र श्रष्टा परिचय पोखरेली साँस्कृतिक परिवारका पूर्व अध्यक्ष दीपक समीपले गरेका थिए । पोखरेली सांस्कृतिक परिवारका अध्यक्ष मोति भुजेलको अध्यतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष उपेन्द्र पौडेलले र कार्यक्रम सञ्चालन सचिव डा. चैतन्य अधिकारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
तमु सांस्कृतिक प्रतिष्ठानको सम्मान
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
सम जयन्तीमा रंगकर्मीको सम्मान
पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१