गंगाबहादुरले बनाइदिए धारा

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७७
dharo nirman

पोखरा । समाजसेवी क्याप्टेन गंगाबहादुर खत्रीले पोखरा २०, भलाममा सार्वजनिक धारा निर्माण गरिदिएका छन् । उनले गत वर्ष पनि देउराली मन्दिरको जीर्णोद्धारमा आर्थिक सहयोग संकलन गरेका थिए ।

८५ वर्षीय खत्री खानेपानी, विद्यालय, मन्दिर, बाटोघाटो, वनसंरक्षणमा नेतृत्वदायी भूमिका रहेको स्थानीय बताउँछन् । धारा निर्माणको लागत भने उनले खुलाउन चाहेनन् । यो उमेरमा आएर पवित्र कार्यमा सेवा गर्ने मौका पाउँदा खुसी लागेको खत्रीले बताए । ‘अरुको जसरी यति खर्च गरेर काम गरेँ भन्न मन लाग्दैन । मलाई देउराली मन्दिर सज्ने मन थियो । गत वर्ष सबैको सक्रियता र चन्दा संकलनले निर्माण भयो । अहिले धारा बनाउने काम मैले नै गर्ने मौका पाएँ,’ उनले भने ।

Related News

सम्बन्धित समाचार

hero news full width