पोखरा । लोक गायक प्रवीण गुरुङको स्मृतिमा चैत १७ देखि २७ सम्म हुने कार्यक्रमको तयारी तीव्र पारिएको छ ।
उनको जन्म गाउँ अन्नपूर्ण ६, लुम्लेमा हुने कार्यक्रमबारे आयोजक रिनी म्यु (दिदीबहिनी दाजुभाइ) समाजले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
प्रवीण गुरुङको स्मृति प्रतिष्ठान गठन गर्ने, गुरुङको सालिक संरक्षण र व्यवस्थापन गर्ने, स्वदेश तथा विदेशमा गुरुङलाई चिनाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो ।
२०१८ माघ १ गते जन्मेका गुरुङको २०५१ साउन २२ गते काठमाडौंमा सवारी दुर्घटनामा परी निधन भएको थियो ।
अन्नपूर्ण गाउँपालिकाको विशेष सहयोगमा हुने कार्यक्रममा खुला दोहोरी गीत प्रतियोगिता, स्रष्टा सम्मान, दोस्रो संस्करणको गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता (सुनगाभा कप २०७७), लेकाली ब्याडको लाइभ कन्सर्ट साथमा विविध सांस्कृतिक कार्यक्रम गरिने समितिका समितिमा सचिव राजु गुरुङले जानकारी दिए । दोहोरीगीततर्फ ८ समूह र भलिबलतर्फ २० समूहले प्रतिस्पर्धा गर्ने सचिव गुरुङले बताए ।
कार्यक्रम अन्तर्गत चैत २० गते गाउँपालिका अध्यक्ष युवराज कुँवरले गुरुङको सालिक अनावरण गर्नेछन् ।
यस्तै, लेकाली ब्यान्डका भोकलिस्ट नवीन गुरुङलाई सम्मान गर्ने कार्यक्रम छ भने धनबहादुर गायकलाई मरणोपरान्त सम्मान गर्न लागिएको छ ।
दोहोरीतर्फ प्रथम हुने समूहले २० हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार तथा सान्त्वनाले ६ हजार रुपैयाँका साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
भलिबलमा प्रथम हुने समूहले ५० हजार ५ सय ५५, द्वितीयले ३० हजार ५ सय ५५, तृतीयले १५ हजार ५ सय ५५ र सान्त्वना हुने समूहले ५ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । बेस्ट प्लेयर, ब्लकर र सर्भरलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा समाजका वरिष्ठ सल्लाहकार आइबहादुर गुरुङ, वडाध्यक्ष चित्रबहादुर गुरुङ, समाजका अध्यक्ष टेकबहादुर गुरुङ, मूल समितिका सदस्य नवीन गुरुङ र जीवन दाहाल, खेल संयोजक रोहित गुरुङ लगायतले कार्यक्रमको उद्देश्यबारे बोलेका थिए ।
गुरुङका ‘यो दाजुको मिरमिरे आँखा’, ‘सालैजो हितैको माया’, ‘फूल, मायामा नभुल’, ‘माथिबाट को आयो सालको पात बजाउँदै,’ लगायतका गीत प्रचलित छन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन
संगीतकार सुरेश सम्मानित
मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
देवघाटमा मकर काव्य यामिनी
हेमजा रेडक्रसको निबन्ध
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१