चेपाङको आयआर्जन वृद्धिका लागि उन्नत जातका बोयर बोका वितरण

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७७
boyar boka

मुग्लिन । बाख्रापालनबाट चेपाङको आयआर्जन वृृद्धिका लागि उन्नत जातका बोयर बोका वितरण गरिएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–१ काउले र कालिङडाँडाका चेपाङलाई चितवनको सौराहास्थित सपना भिलेज सोशल इम्प्याक्ट र गाउँपालिकाले बोका वितरण गरेका हुन् । चेपाङ समुदायको जीवनस्तर उकास्ने उद्देश्यले ‘सबै यात्राको शुरुआत एक सपनाबाट हुन्छ’ नामक परियोजना शुरु गरेको इम्प्याक्टले फलफूलका बिरुवापछि मङ्गलबार बोयर जातको बोका वितरण गरेको हो ।

गाउँपालिकाको ३० र इम्प्याक्टको ७० प्रतिशत लगानीमा बोका वितरण गरिएको हो । परियोजनाअन्तर्गत यहाँका चेपाङ समुदायलाई ११ समूहमा विभाजन गरी प्रत्येक समूहलाई दुई÷दुईवटाका दरले २२ बोका वितरण गरिएको छ ।

चेपाङ बस्तीमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले संयुक्तरूपमा समूहका अगुवालाई बोका हस्तान्तरण गर्नुभएको हो । गाउँपालिका अध्यक्ष गुरुङले चेपाङ समुदायको आर्थिक तथा सामाजिक विकासका लागि गाउँपालिकाले चेपाङ उत्थान कार्यविधि तयार गरेको र कार्यविधिअनुसार नै चेपाङ समुदायलाई सपना भिलेज सोशल इम्प्याक्टको सहकार्यमा बोयर जातका बोका वितरण गरिएको बताउनुभयो ।

‘अब मागेर होइन गरेर खानुपर्छ’ भन्ने नाराका साथ गरेर खाने वातावरण बनाउन विभिन्न आयआर्जनमूलक कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा इम्प्याक्टका अध्यक्ष गिरीले चेपाङ समुदायको जीवनस्तर उकास्न परियोजना शुरु गरिएको भन्दै दैनिक जीवनमा चेपाङ समुदायले गर्ने क्रियाकलापलाई प्रतियोगितामा समावेश गरी आर्थिक उन्नतिको बाटो परिचालन गरिएको बताउनुभयो । उहाँले यसअघि फलफूलका बिरुवा वितरण गरिसकेको बताउनुभयो ।

कार्यक्रमा वडा नं १ का वडाध्यक्ष नन्दलाल गिरीले परियोजनाले चेपाङ समुदायको आर्थिक, सामाजिक व्यवहारमा सकरात्मक परिवर्तन आएको बताउनुभयो । यसअघि सरसफाइ, कृषि, बालबालिकालाई विद्यालय नियमित पठाउनेलगायत विभिन्न विधामा प्रतिस्पर्धा गराई रु सात लाख बराबरको पुरस्कार वितरण गरिसकेको पनि इम्प्याक्टले जनाएको छ । रासस

Related News

सम्बन्धित समाचार

  • व्यापार मेलामा अनेक सुविधा

    आदर्श समाज सम्वाददाता माघ १४, २०८१
    पोखरा । पोखरा ३१, सुन्दरीडाँडा क्षेत्र जैविक विविधताले भरिपूर्ण छ । स्थानीय जयबहादुर थापा वरपर पाइने जडीबुटी संकलन गर्छन् र…
  • गाईभैंसीपालक कृषकलाई तालिम

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लि.को आयोजनामा पोखरा–२३ माझथुममा गाईभैंसीपालन तथा आहारा व्यवस्थापन तालिम सम्पन्न भएको छ । एसके एग्रिकल्चर…
  • मौरीपालन तालिम

    आदर्श समाज सम्वाददाता पौष २३, २०८१
    पोखरा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आंगिक शिक्षालय अन्नपूर्ण बहुप्राविधिक शिक्षालय आयोजनामा मौरीपालन तालिम सुरु भएको छ ।…
  • सुन्तलामा पोस्ट हार्भेस्ट व्यवस्थापन कसरी ?

    आदर्श समाज सम्वाददाता पौष ७, २०८१
    स्याङ्जा । वालिङ तथा गल्याङ नगरपालिकाको समन्वय, आइडिई नेपालको सशक्तीकरण र पोषण–सूक्ष्म खाद्य सुरक्षाको लागि नबिन ग्रामीण बजार विकास तथा…
  • ‘किसानका समस्यामा अनुसन्धान गरौं’

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । किसानको खेतबारी तथा गोठमा रहेका समस्याकेन्द्रित गरी अनुसन्धान गर्नुपर्नेमा जोड दिइएको छ । कृषि अनुसन्धान तथा प्रवद्र्धन परियोजनाको…

hero news full width